नेपाल बैंकले र एफवान सफ्ट इन्टरनेसनलबीच सम्झौता

 नेपाल बैंकले र एफवान सफ्ट इन्टरनेसनलबीच सम्झौता

काठमाडौं: नेपाल बैंक लिमिटेडले मोबाइल बैकिङ सेवा सुरु गरेको छ।

बैंकले ग्राहकलाई मोबाइल बैंकिङ सेवा दिनका लागि एफवान सफ्ट इन्टरनेसनल सम्झौता गरेको छ।

 सम्झैतापत्रमा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र एफवान सफ्टका तर्फबाट मार्के्टिङ् डाइरेक्टर बिपुल ढकालले हस्ताक्षर गरेका छन्।

नेपाल बैंकले पहिलो पटक प्रयोग गरेको मोबाइल बैंक सेवावाट ग्राहकले मोबाइल बैंकिङको सम्पूर्ण सुविधा पाउने एफवान सफ्टले जनाएको छ।

यसमार्फत ग्राहकले ब्यालेन्स इन्क्वायरी, कारोबार भएको जानकारी, फन्ड ट्रान्सफर भएको जानकारी पाउनेछन्। साथै यसमार्फत ग्राहकले रिचार्जकार्ड किन्न, नेपाल टेलिकम, एनसेल, ब्रोडलिंक, डिसहोमको पैसा तिर्न सक्नेछन्।

इसेवा फोनपे नेटवर्कको सदस्य भएका नेपाल बैंकका ग्राहकले यो नेटवर्कमा भएका अरु ४० वटा बैंसँग अन्तरबैंकिङ कारोबार गर्न सकिने र आफ्नो इसेवाको खातामा समेत पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.