कर्णाली राजमार्गमा रात्रीसेवा बन्द

 कर्णाली राजमार्गमा रात्रीसेवा बन्द

सुर्खेत: डेढ वर्षपहिले सुर्खेत र जाजरकोटमा ठूला सवारी दुर्घटना भए। तीव्र गतिका कारण जाजरकोटमा यात्रु बस भेरीमा खस्यो। यस्तै सुर्खेतको पोखरीकाँडामा चालकले नियन्त्रण गुमाएपछि बस भीरबाट खस्यो। एक महिनामा भएका ती दुर्घटनामा ७० जना यात्रुको ज्यान गयो। दर्जनौं यात्रु घाइते भए।

तीव्र गतिकै कारण अरू सानातिना दर्जनौं दुर्घटना भएपछि मध्यपश्चिम क्षेत्रीय सुरक्षा समितिले सवारीको गति नियन्त्रण गर्न भन्दै यात्रु बसमा टाइमकार्ड (सवारी आवागमन समय तालिका) लागू गर्‍यो। सवारीसाधनमा टाइमकार्ड लागू भएपछि दुर्घटनामा समेत कमी आयो।

त्यसपछि यस क्षेत्रमा ठूला सवारी दुर्घटना भएका छैनन्। तर दुर्घटनामा कमी आएसँगै यात्रु बसमा अनिवार्य गरिएको टाइमकार्डको व्यवस्था भने अलपत्र परेको छ। टाइमकार्डको व्यवस्था अलपत्र परेपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। पछिल्लो समय यात्रु फेरि त्रसित हुन थालेका छन्।

यस क्षेत्रका अन्य रुटमा टाइमकार्ड अलपत्र परे पनि कर्णाली राजमार्गमा मात्र अहिले रातको समयमा यात्रु बस सञ्चालनमा रोक लगाइएको छ। यो राजमार्गको अवस्था सुधार नभएको र दुर्घटनाको जोखिम बढी भएकाले रातको समयमा यात्रु बसमा रोक लगाइएको हो।

कर्णाली राजमार्गमा साँझ ६ बजेपछि प्रहरीले यात्रु बस सञ्चालनमा रोक लगाउँदै आएको छ। तर अन्य रुटमा तत्काल टाइमकार्ड लागू गर्न सर्वसाधारणले माग गरिरहेका छन्।

 

यसअघि मध्यपश्चिम क्षेत्रका पहाडी जिल्लामा सडकको अवस्था नाजुक रहेको र चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको पाइएपछि यात्रु बसमा टाइमकार्ड लागू गरिएको थियो। सवारी दुर्घटना बढेपछि पहाडी जिल्ला सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट र जुम्लामा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनमा टाइमकार्ड लागू गरिएको थियो।

स्थानीय प्रशासन र यातायात व्यवसायी तथा मजदुरहरूको सहमतिमा लागू गरिएको टाइमकार्ड अहिले भने अलपत्र परेको हो।चालकले हतारमा गन्तव्यमा पुग्न तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेपछि गति नियन्त्रणका लागि टाइमकार्ड लागू गरिएको थियो।

यो व्यवस्था लागू भएपछि टाइमकार्डअनुसार गन्तव्यमा नपुग्ने सवारीसाधन र तिनका चालकलाई प्रहरीले कारबाही गर्दै आएको थियो। कारबाही हुने डर र प्रहरीको नियमित जाँचका कारण चालकले पनि टाइमकार्डको पालना गर्दै आएका थिए। यसैको परिणाम यो अवधिमा ठूला सवारी दुर्घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले अघिल्लो वर्षको साउनमा सुर्खेतमा सुरु भएको अखण्ड मध्यपश्चिमको आन्दोलनपछि टाइमकार्ड ओझेलमा परेको जनाएको छ। सुर्खेतका ट्राफिक प्रहरी प्रमुख हर्कबहादुर रावलले भने, ‘आन्दोलनका क्रममा ट्राफिक बिट जलाइए, संरचनाहरू भत्काइए। त्यसपछि हामीले काम गर्न सकेनौं।

ओझेलमा पर्न गएको हो।' उनले बसपार्क क्षेत्र र अन्य स्थानमा ध्वस्त बनाइएका बिट स्थापना गर्न लागिएको र केही साताभित्र आफूहरूले पुनः टाइमकार्ड कडाइका साथ लागू गर्ने जानकारी दिए। ‘बीचमा अलपत्र परेकै हो। अब कुनै पनि हालतमा हामी टाइमकार्ड लागू गर्छौं', रावलले भने, ‘दुर्घटना रोक्न यो निकै प्रभावकारी बनेको छ।'

यहाँका यातायात व्यवसायीले पनि टाइमकार्ड पुनः लागू गर्नुपर्ने बताएका छन्। काँक्रेबिहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले भने, ‘टाइमकार्ड लागू गर्नु आवश्यक छ। यसले दुर्घटना न्यूनीकरणमा टेवा पुगेको छ। तर यसलाई थप व्यवस्थित पनि गरौं। हामी सहयोग गर्न तयार छौं।'

उनले प्रहरीले चालक र सवारी धनीबाट कमिसन लिने गरेको गुनासो गरे। यसलाई रोक्नुपर्ने उनको माग छ। टाइमकार्ड दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी भएको भन्दै उनले पुनः लागू गर्नुपर्नेमा जोड दिए। टाइमकार्डमा दूरीअनुसार गन्तव्यमा पुग्ने समय निर्धारण गरिएको हुन्छ।

सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले टाइमकार्ड पुनः लागू गर्ने विषयमा आफूहरू गम्भीर भएको बताए। टाइमकार्ड लागू भएपछि चालकले बसपार्कबाट गाडी छुट्नुअघि विभिन्न पाँचवटा सर्त पालना गर्ने प्रतिबद्धता गर्नुपर्नेछ।

ट्राफिक नियमको पालना, समयमै यात्रुलाई सकुशल गन्तव्यमा पुर्‍याउने, सवारीको यान्त्रिक अवस्था जाँच गरेर मात्र सञ्चालन गर्ने, क्षमताभन्दा बढी यात्रु नराख्ने, मदिरा नपिउने र अशक्त यात्रुलाई सम्मान र सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मात्र चालकलाई गन्तव्यमा जानका लागि टाइमकार्ड उपलब्ध गराइनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.