पर्वतका २३ हजार युवा वैदेशिक रोजगारमा

पर्वतका २३ हजार युवा वैदेशिक रोजगारमा

कुश्मा:पर्वतबाट २३ हजार युवा रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन्। भारत बाहेक नेपाल सरकारबाट स्वीकृत प्राप्त राष्ट्रमा जाने युवायुवतीको संख्या २२ हजार सात सय पुगेको छ।

यसमध्ये १९ हजार पुरुष र तीन हजार सात सय महिला छन्। जिल्लाका कुल ३५ हजार सात सय घरपरिवार मध्ये झन्डै १६ हजार घरपरिवारबाट एकदेखि तीन जनासम्म वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तत्थ्यांकले देखाएको छ।

विदेशिने युवा युवतीबाट वार्षिक सवा आठ अर्ब रुपैयाँ रेमिटेन्स भित्रने गरेको छ। बढ्दो वैदेशिक रोजगारीसँगै भित्रिने गरेको रेमिटेन्सका कारण जिल्लावासीको आर्थिक आत्मनिर्भरता बढेर गएको छ।

विभिन्न मुलुकमा जानेले प्राप्त गर्ने तलबमान र जिल्लामा क्रियाशील मनीट्रान्सफरले दिएको तथ्यांकअनुसार वार्षिक आठ अर्बभन्दा बढी रेमिटेन्स भित्रिने गरेको हो। रेमिटेन्स भित्रिने क्रम पनि बर्सेनि बढ्दो छ।

हालै जिल्लामा सार्वजनिक गरिएको तथ्यांकमा स्वदेशका विभिन्न पेसा व्यवसायभन्दा वैदेशिक रोजगारीबाट आत्मनिर्भर हुन थालेकोले रेमिटेन्सको दर पनि बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए।

उनले भने, 'विदेशिने युवायुवतीको वृद्धिसँगै जिल्लामा खाद्यान्न उत्पादनमा समेत ह्रास आउन थालेको छ। जनशक्तिको अभावमा बाँझो जमिन बढ्दै जान थालेपछि जिल्लामा खाद्यान्न उत्पादन समेत घट्दै जान थालेको रेग्मीले बताए।

 

सरकारले विश्वका झण्डै ४५ वटा राष्ट्रमा रोजगारी तथा अन्य पेसा व्यवसायका लागि जान नेपालीलाई स्वीकृत दिने गरेको छ। गत आर्थिक वर्षमा मात्रै नेपालबाट चार लाख जनाले श्रम स्वकृति लिई विदेश गएका छन भने श्रम स्वीकृति प्राप्त नगरी विदेश जानेको संख्या पनि उत्तिकै छ।

पर्वतबाट वार्षिक पाँच हजारभन्दा बढी युवायुवती विदेशिने गरेको तथ्यांक छ। यसमध्ये खाडी मुलुक जानेको संख्या ४५ प्रतिशतभन्दा बढी छ भने युरोप, अमेरिका, अस्टे«लिया, जापान, क्यानडा, अफगानिस्तान, इजरालय, बेलायत, लिविया, कोरिया लगायतका देशमा पनि थुप्रै युवा गएका छन्।

वैदेशिक रोजगारीमा जानका लागि जिल्ला प्रशासन कार्यालय पर्वतबाट गत आर्थिक वर्षमा आठ हजार सात सय ४६ जनाले राहदानी लिएका छन्। चालू आर्थिक वर्षमा पनि त्यसैको हाराहारीमा राहादानी लिइसकेको प्रशासनले जनाएको छ।

ग्रामीण क्षेत्रबाट रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दै गएपछि विगतका वर्षको तुलनामा राहदानी वितरण पनि बढ्दै गएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ।

रोजगारीको अभाव, शान्ति सुरक्षा, गरिबी, सीप तथा तालिमको अभाव र महँगो शिक्षा प्रणालीलगायतका कारण विदेश जाने युवाको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ। विदेशीनेमा खासगरी लेवर काम गर्ने ७५ प्रतिशतभन्दा बढी छन्।

कृषि, पशुपालन उद्योग, भवन निर्माण, होटेललगायतका क्षेत्रमा काम गर्न जानेको संख्या उल्लेख्य छ। इन्फोवैदेशिक रोजगारीमा जानका लागि जिल्ला प्रशासन कार्यालय पर्वतबाट गत आर्थिक वर्षमा आठ हजार सात सय ४६ जनाले राहदानी लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.