‘शशांकको दिमाग निष्कृय, आँखाको नानी पनि स्थिर’
काठमाडौंः कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको दिमाग र आँखाको नानीले काम गर्न छोडेको छ ।
चाबहिलस्थित ओम अस्पतालमा चिकित्सकहरुको निरन्तरको प्रयासकाबीच डा. कोइरालाको ‘ब्रेन डेड’ को अवस्थामा पुगेको र आँखाको नानी पनि ‘फिक्स एन्ड डाइलेटेड’ भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालको भेन्टिलेटरमा राखेर १५ जना चिकित्सकहरुको निरन्तरको प्रयासका बाबजुत शशांकको दिमाग र आँखाको नानी चल्न छोडको हो ।
शशांकको उपचार गरिरहेका चिकित्सक लवनरसिंह जोशीले उनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताएका छन् । जोशीले भने, ‘मल्टिपल अर्ग्यान्स फेलर’ को समस्या देखिएको छ । किड्नी, लिभर, कलेजो र मुटुमा पनि समस्या देखिएकाले अवस्था चिन्ताजनक भएको हो ।’
प्रतिक्रिया दिनुहोस !