शशांकलाई चाबहिलबाट एयरपोर्ट पुर्या‍उनै चुनौती

शशांकलाई चाबहिलबाट एयरपोर्ट पुर्या‍उनै चुनौती


काठमाडौंः गम्भीर विरामी परेर चाबहिलको ओम अस्पतालमा उपचाररत कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई अस्पतालबाट एयरपोर्टसम्म पुर्याउनै चुनौतीपूर्ण रहेको चिकित्सकहरुले बताएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता, आफन्तजन र सरकारी अधिकारीले पनि कोइरालालाई उपचार गर्न भारतको दिल्ली लानुपर्ने बताइरहेका बेला चिकित्सकहरुले चाबहिलस्थित अस्पतालबाट एयरोपर्टसम्म लान नै चुनौतीपूर्ण रहेको बताएका हुन् ।

मंगलबार साँझ उपचारका लागि अस्पताल ल्याइएका कोइरालाको त्यहीँ सर्किएर फोक्सोमा पनि पुगेपछि अवस्था झनै चिन्ताजनक भएको थियो ।

उनको उपचारमा संलग्न चिकित्सक लबनरसिंह जोशीले कोइरालाको लिभर, किड्नी, कलेजो र अन्य अंगले समेत राम्ररी काम गर्न नसकेको अवस्थामा अस्पतालबाट एयरपोर्टसम्म पुर्याउनै कठिन भएको बताएका हुन् ।

‘हामीले यहाँ सकेसम्म प्रयत्न गरिरहेका छौं, भारतमा पनि यही प्रविधिबाट उपचार गर्ने हो’, उनले भने, ‘उहाँको अवस्था चिन्ताजनक भएकाले अस्पतालको भेन्टिलेरबाट उठाएर एयरपोर्ट पुर्याउनै समस्या छ । यदि अक्सिजन या अन्य औषधि तलमाथि भएमा जेसुकै हुने अवस्था छ ।’

डा. कोइरालाकी पत्नी डा. सुपात्रा कोइरालाले पनि दिल्लीमा गरिने उपचार यहीँ सम्भव हुने भन्दै पत्नीलाई यहाँबाट लैजान अस्वीकार गरेकी छन् ।

यदि दिल्लीबाट एयर एम्बुलेन्स आएमा नै पनि अहिलेकै अवस्थामा कोइरालालाई भेन्टिलेटरबाट निकाल्नै नसकिने राय चिकित्सकहरुको छ ।

‘यहाँबाट निकालेर लैजाँदा एम्बुलेन्समै या एयर एम्बुलेन्समा पनि उहाँको श्वासप्रश्वासमा हुने सानो तलमाथिले पनि जीवन जोखिममा पार्छ’, जोशीको भनाइ छ, ‘एयर एम्बुलेन्स उचाईमा उड्ने भएकाले उहाँलाई दिल्ली पुर्याउनै कठिन छ ।’

अस्पतालले अहिले कोइरालाको उपचारका लागि देशभरका वरिष्ठ चिकित्सकहरुलाई बोलाएको छ । उनीहरु निरन्तर प्रयासरत रहेपनि कोइरालाको दिमाग र आँखाको नानी निष्कृय भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.