युवा संघ नेतामाथि खुकुरी हान्ने विरुद्ध मुद्दा

युवा संघ नेतामाथि खुकुरी हान्ने विरुद्ध मुद्दा

विराटनगरः युवा संघका कोसी अञ्चल कमिटी सदस्य एवम् युवा परिचालन विभाग प्रमुख हरि बस्नेतमाथि आक्रमण गर्ने गुण्डा समूहका चार जनाविरुद्ध बुधबार ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता भएको छ ।
    
उपचाररत बस्नेतले न्युरो अस्पतालको शैयाबाटै किटानी जाहेरी दिएपछि प्रहरीले खुकुरी र रड प्रहार गर्ने विरुद्ध मुद्दा दर्ता गरेको युवा संघ कोसी अञ्चल अध्यक्ष रोहित कोइरालाले बताए ।

उनले घटनाको अनुसन्धानलाई दरिलो बनाएर अपराधिमाथि कडा भन्दा कडा कानुनी कारबाही अघि बढाउन संघले माग गरेको समेत जनाए ।

गुण्डा नाइके विराटनगर १५ का एलिश गुरुङ, सुनसरीको दुहवीभलुवा ६ का समुन भट्राई, विराटनगर ७ का मोहम्मद सिद्धिकी र विराटनगर १५ का रेगन कँडेलविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाका अनुसार घटनामा संलग्न कँडेल मात्र पक्राउ परेका छन् । फरार रहेका अन्य तीन जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी उनले दिए ।

कँडेलविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन बुधबार म्याद थप गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको डीएसपी थापाले बताए ।

संघका अनुसार गुरुङ र भट्राई घटनाको योजना बनाउने र घटनामै संलग्न भएका व्यक्ति हुन् । सिद्धिकी घटनामा आँफै संलग्न भएको र खुकुरी प्रहार गर्ने समूहका अन्य व्यक्तिसंग सेटिङ मिलाउने काम समेत उनैले गरेको संघको दावी छ ।

‘घटना गराउनका लागि विभिन्न ठाउँबाट युवा जम्मा पार्नेदेखि घटना गराए बापत उनीहरुसंग मिलाउनु पर्ने हरहिसावमा सिद्धिकीको संलग्नता रहेको पत्ता लाग्यो,’ संघका एक नेताले भने । प्रहरीका अनुसार उनी यस अघि पनि विभिन्न अपराधमा संलग्न भएर पटक पटक कारवाहीमा परिसकेका व्यक्ति हुन्।

गुरुङ र भट्राईको मिलेमतोमा हुने गरेका गुण्डागर्दी, ठेक्का पट्टा, असूली र जग्गा दलालीमा अवरोध पुर्याएको भन्दै बस्नेतमाथि आक्रमण गरिएको युवा संघको दावी छ ।  

गुरुङ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा धाइरहेका छन् ।  विराटनगर १५ घर भएका संघका नेता बस्नेतमाथि होटेलबाट नास्ता खाएर गाडीमा घर जान लाग्दा विराटनगरको जनआन्दोलन चौकमा सोमबार राती ९ बजे खुकुरी र रड हानिएको थियो ।


आठ-दश जनाको समूहले आक्रमण गरेको भए पनि अन्यको भने नाम खुलिनसकेको प्रहरीले जनाएको छ । देब्रे हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका नेकपा एमाले विराटनगर १५ का सदस्य समेत रहेका बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.