पाँच केजी यार्सासहित विमानस्थलबाट एक महिला पक्राउ
काठमाडौँः बैंकक लैजान लागेको पाँंच केजी यार्सागुम्बासहित प्रहरीले भियतनामी नागरिक न्यान्ही धान्ह माइलाई पक्राउ गरेको छ ।
माइले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौं थाई एयरलाइन्सको उडानद्वारा बैंककतर्फ पाँच केजी यार्सागुम्बा लैजान लागेकी थिइन् ।
सुटकेशमा कपडाले पोको पारेको चार पोका र प्लाष्टिकमा प्याकेट बनाइएका ११ पोकामा करिब पाँंच किलो यार्सागुम्बा प्रहरी जाँचका क्रममा फेला परेको थियो ।
विमानस्थल सुरक्षा प्रमुख डिआईजी गोविन्द निरौलाले भियतनामी नागरिक माइलाई थप अनुसन्धानको लागि काठमाडौँ जिल्ला बन कार्यालय हात्तिसार पठाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !