महामन्त्री कोइरालाको स्वास्थ्यमा थोरै सुधार

महामन्त्री कोइरालाको स्वास्थ्यमा थोरै सुधार

काठमाडौँ: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ ।

चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । वान्ता गर्ने क्रममा उनको फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न डा लव जोशीले महामन्त्री कोइरालाको स्वास्थ्य केही सुधारोन्मुख देखिएपनि अझै गम्भीर नै रहेको जानकारी दिए । अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा जोशीले महामन्त्री कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको र बोलाउँदा उनले महसुस गरेको बताए ।

'अहिलेकै अवस्थामा कम्तीमा २४ घन्टा समय पार भयो भने स्वास्थ्यमा सुधार आउनेमा हामी आशावादी छौँ', नेता कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबको अवस्था स्थिर रहेको जानकारी दिँदै उनले भने, 'पर्याप्त मात्रामा पिसाब गर्नुभएको छ, यो राम्रो सङ्केत हो ।'

बिहानको तुलनामा मिर्गौला र कलेजोमा समेत सुधार देखिएको र अहिले उनको रक्तचापको अवस्था १२०–५० हुनुका साथै चिकित्सकले औषधिको पूरा मात्रा दिएर उपचार भइरहेको जनाएका छन् । स्वास्थ्यमा सुधार ल्याउन सजिलो होस् भन्नाका लागि महामन्त्री कोइरालालाई कृतिम श्वास प्रश्वासको सहयोग दिइएको छ ।

उनको गम्भीर स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले एयर एम्बुलेन्समार्फत विदेश लैजानुभन्दा उपचारको सबै व्यवस्था यही गर्नु उपयुक्त हुने जनाएका हुन ।

कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले महामन्त्रीलाई बोलाउदा सुनेजस्तो गरी आँखा खोलेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.