तिब्बतमा हिमताल फुटेको शंका

तिब्बतमा हिमताल फुटेको शंका

काठमाडौं: वर्षा नै नभई भोटेकोसीमा मंगलबार राति अचानक बाढी आएपछि तिब्बततर्फ ठूलो वर्षा भएर पहिरो गएको तथा हिमताल विस्फोट भएको हुनसक्ने अनुमान विज्ञले गरेका छन् ।

तिब्बतमा ठूलो वर्षा भएर पहिरो गएका कारण खोला थुनिएर बाढी आएको अनुमान पनि केही विज्ञको छ । तिब्बततर्फ भएका आठ हिमतालमध्ये कुनै फुटेका कारण बाढी आएको अनुमानका आधारमा अध्ययन पनि भइरहेको छ । जलवायु तथा मौसमविज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाले भोटेकोसीमा पानीको सतह बढेको पूर्वसूचना मंगलबार दिएको थियो ।

अहिले विभाग, इसिमोड तथा गृह मन्त्रालयलसहित सरोकारवाला निकायका अधिकारीले बाढीको कारण खोजिरहेका छन् । नेपालको आफ्नै भूउपग्रह नभएका कारण उनीहरूले बाढीको कारण खोज्न भारत, चीन र जापानको सहयोग लिइरहेका छन् । उनीहरूले उपलब्ध गराउने तस्बिरका आधारमा मात्रै बाढीको कारण पत्ता लाग्ने बाढीविद् विनोद पराजुलीले बताए ।

उनका अनुसार अहिले विभिन्न देशका भूउपग्रह तस्बिर मागेर विश्लेषण भइरहेको छ । तिब्बत क्षेत्रमा बादलका कारण डाँडा ढाकिएका कारण भूउपग्रह तस्बिरले विस्तृत विवरण उपलब्ध गराउन सकेको छैन । ‘मौसम खुलेपछि विस्तृत विवरण थाहा हुन्छ,' पराजुलीले भने ।

बाढीले बितण्डा मच्चाएपछि अनुसन्धानकर्ताले बुधबार बिहानैदेखि बाढीको कारण खोज्न थालेका हुन् । भोटेकोसी आसपासको क्षेत्र हिमताल विस्फोटका दृष्टिकोणले उच्च जोखिममा छ । तिब्बततर्फका हिमताल फुट्दा उत्पन्न हुने विपत्ति तल्लो तटीय क्षेत्रसम्म पर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.