खेतमा पानी लगाउन गएका बालकको मृत्यु
राजविराजः धान खेतमा सिंचाई गर्न गएका सप्तरीका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।
सप्तरीको मलेठ ४ का बैजनाथ साहको छोरा १५ वर्षको मनिष साहको बुधबार राति करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
राति धान खेतमा पानी सिंचाई गर्न पानी तान्ने मोटर सर्ट भई उनलाई करेन्ट लागेको प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस !