गभर्नर र सचिव नआएपछि एनसेलको चुक्ता पुँजी निर्णय भएन

गभर्नर र सचिव नआएपछि एनसेलको चुक्ता पुँजी निर्णय भएन

काठमाडौं: औद्योगिक प्रवद्र्धन बोर्डको बैठकमा राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र अर्थसचिव लोकदर्शन रेग्मी उपस्थित नभएपछि एनसेलको चुक्ता पुँजी बढाउने प्रस्ताव रोकिएको छ । बोर्डको बैठक पाँच दिनपछि पुनः बस्नेछ ।

औद्योगिक प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकमा एनसेलको पुँजी बढाउने प्रमुख एजेन्डा समावेश थियो । बोर्डका सदस्यले आफ्ना धारणा राख्नेक्रम नसकिएकाले पुँजी वृद्धि प्रस्तावमा निर्णयमा पुग्न नसकिएको सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । सरकारलाई जानकारी नदिई अधिकृत तथा स्थिर पुँजी वृद्धि गरेपछि कम्पनीलाई पाँच लाख रुपैयाँ जरिबाना गर्ने निर्णय भइसकेको छ । पुँजी वृद्धिसम्बन्धी छानबिन गर्न गठित समितिले जरिबाना गर्ने निर्णय गरेको हो ।

उद्योगमन्त्रीले नेतृत्व गर्ने औद्योगिक प्रवद्र्धन बोर्डमा उद्योगमन्त्री सोमप्रसाद पाण्डे र उद्योग सचिव सुर्य सिलवाल पुँजी वृद्धिको पक्षमा छन् । सिलवालको सचिवको पदावधी आगामी असार मसान्तमा सकिँदैछ । यसभन्दा अगाडि उद्योग सचिव सिलवालको संयोजकत्वमा गठन भएको कार्यदलले पाँच लाख जरिबाना गरेर पुँजी वृद्धिको निर्णय गर्नुपर्ने प्रतिवेदन दिएको थियो ।

बुधबारको बैठकमा राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल र अर्थसचिव लोकदर्शन रेग्मी अनुपस्थित भएकोमा उद्योगमन्त्री पाण्डे भने रुष्ट भएका छन् । ‘मन्त्रीले राखेको बैठकमा नआएर गभर्नर सचिवले कस्तो सन्देश दिन खोजेको हो । बैठकमा चित्त नबुझेको विषय नोट अफ डिसिजन लेख्न सकिने थियो',मन्त्रीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने । एक सातापछि अवकाशमा जान लागेका सूर्य सिलवाल जसरी पनि चुक्ता पुँजी बढाउने पक्षमा छन् । आफ्नो कार्यकालमै पुँजी वृद्धिको निर्णय गर्ने तयारी सिलवालको छ ।

 

 

स्विडेनको टेलियासोनेराबाट मलेसियाको एक्सिएटाले एनसेलको सेयर खरिद गरेपछि यसमा लाभकर छल्न खोजेपछि कम्पनीको पुँजी वृद्धि विवाद रहेको छ । संसदीय समितिले पनि कर चुक्ता नहुँदासम्म पुँजी वृद्धिको निर्णय नगर्न निर्देशन दिएको छ । पछिल्लो समय अर्थ मन्त्रालय कर चुक्तापछि मात्र पुँजी वृद्धि गर्न दिनुपर्ने पक्षमा छ ।

चालु पुँजी १० करोडबाट एनसेलले नेपालमा व्यापार सुरू गरेको हो । कम्पनीले अब स्थिर पुँजी ७६ अर्ब पुर्‌याउने प्रस्ताव उद्योग विभागमा गरेको छ । पूर्वाधारलगायत क्षेत्रमा गरेको सबै लगानी हिसाब गर्दा ७३ अर्ब पुगिसकेको एनसेलको जिकिर छ । ७३ अर्ब पुगिसकेकाले यसमा तीन अर्ब थपेर ७६ अर्ब रुपैयाँ स्थिर पुँजी बनाउन प्रस्ताव पेस भएको हो । एनसेलले पुँजी वृद्धि प्रस्ताव पेस गरेको ६ महिना बितिसकेको छ ।

उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले औद्योगिक प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकमा एनसेलको पुँजी वृद्धि प्रस्तावमा छलफल भए पनि निर्णयमा पुग्न नसकिएको जानकारी दिए । ‘बोर्डका सदस्यले पुँजी वृद्धिको विषयमा छलफल गरे पनि निर्णयमा पुग्न सकिएन । फेरि अर्को बैठक बसेरमात्र निर्णय होला', उनले भने ।

‘एनसेलले ७३ अर्ब रुपैयाँ पुजी पुर्‌याइसकेको जिकिर गरेको छ । ७६ अर्ब बनाउन प्रस्ताव गरेको हो',उनले भने । एनसेलको पुँजी वृद्धिसम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले पनि पुँजी वृद्धि भएको निष्कर्ष निकालेको छ । अब उद्योग विभागबाट मान्यता लिएर कानुनी औपचारिकता पूरा गर्नमात्र एनसेलले पुँजी वृद्धि प्रस्ताव गरेको हो । सरकारले पनि सोही औपचारिकतामात्र पूरा गरिदिने हो ।

एनसेलले पुँजीगत लाभकर नतिरिरहेको अवस्थामा पुँजी बढाउने प्रस्ताव गर्न सरकारलाई सकस परेको छ । एनसेलको पुँजी वृद्धिसम्बन्धी बैठकमा औद्योगिक प्रवद्र्धन बोर्डका सबै सदस्य बैठकमा उपस्थित नहुने प्रवृत्ति रहँदै आएको छ ।

कर छली काण्ड निकै विवादास्पद बनेपछि पुँजी वृद्धिको निर्णय गर्न पनि बोर्डका पदाधिकारीले सकस मानिरहेका छन् । बोर्डको अध्यक्षमा उद्योग मन्त्री छन् । एनसेलले १० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरे पनि बाँकी तिर्न आनाकानी गरिरहेको छ । इन्फोबुधबारको बैठकमा राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल र अर्थसचिव लोकदर्शन रेग्मी अनुपस्थित भएकोमा उद्योगमन्त्री पाण्डे भने रुष्ट भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.