बालाजु स्वाथ्य क्लिनिकमा सरकारको ताल्चा
काठमाडौ: बालाजु बाइपासस्थित 'बालाजु स्वाथ्य क्लिनिक' अवैध रुपमा सञ्चानल गरेको अभियोगमा सरकारले सिलबन्दी गरेको छ।
धादिङ स्थायी घर भएको सरस्वती बुढाथोकीको नाममा दर्ता भएको सो पोलिक्लिनिकमा सरकारले ताल्चा लगाएको हो।
आपूर्ति व्यवस्थापन विभागको टोलीले बिहीबार अनुगमन गर्दा उक्त पोलिक्लिन अवैध रुपमा सञ्चालन भइरेहको फेला परेको छ।
अनुगमनको क्रममा उक्त पोलिक्लिनिकमा भौतिक पूर्वाधार मापदण्ड अनुसार नबनाइएको, विरामी जाँच गर्ने कोठामा हावा समेत छिर्ने अवस्था नरहेको टोलीले भेटिएको छ। उक्त पोलिक्लिन वि.स. २०६३ सालदेखि अवैध रुपमा सञ्चान भएको भेटिएको छ।
यस्तै पोलिक्लिनिकमा काम गर्ने एक दर्जन चिकित्सकको विवरण समेत नराखिएको पाइएको छ। यतिमात्रै नभएर १७ रुपैँया पर्ने औषधिलाई ३५ रुपैयाँमा सर्वसाधारणलाई बेच्दै आएको पाइएको छ।
यस्तो अवस्थामा रहेको पोलिक्निकमा विभागले ३ दिनभित्र सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस !