संरक्षण नहुँदा पनौतीका स्मारक क्षेत्र संकटमा

संरक्षण नहुँदा पनौतीका स्मारक क्षेत्र संकटमा

काभ्रे: संरक्षण नहुँदा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित पनौती नगर क्षेत्र संकटमा पर्न थालेको छ। सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा पनौती नगर क्षेत्रलाई स्मारक क्षेत्र घोषणा गरे पनि संरक्षणका लागि आवश्यक कदम नचाल्दा समस्यामा पर्दै गएको हो।

स्थानीय प्रशान्त श्रेष्ठले विश्व सम्पदा सूचीमा प्रस्तावित गरिए पनि स्मारक क्षेत्रको उचित संरक्षण र व्यवस्थापन नहुँदा पनौती नगरमा रहेका धार्मिक, ऐतिहासिक र पौराणिक वस्तु जीर्ण हुनुका साथै अस्तित्व संकटमा पर्न थालेको बताए। उनका अनुसार प्राचीन स्मारक क्षेत्र र विश्व सम्पदा सूचीमा प्रस्तावित पनौती क्षेत्रका अधिकांश मठमन्दिरका टुँडाल तथा मूर्ति चोरी भैसकेका छन्।

बाँकी रहेका अन्य पौराणिक र ऐतिहासिक वस्तुको उचित संरक्षण नहुँदा जीर्ण हुँदै गएका छन्। २०५२ सालमा युनेस्कोले पनौती नगर क्षेत्रलाई विश्व सम्पदा सूचीमा प्रस्ताविक गरे पनि पनौती नगरपालिका, स्थानीय बासिन्दा र पुरात्तत्व विभागको बेवास्ताले संरक्षित क्षेत्र संकटमा पर्दै गएको हो।

पनौती नगरपालिकाको ५, ६ र ७ नम्बर वडाका एक सयभन्दा बढी मठ मन्दिर, पार्टी, पौवा जीर्ण बन्दै गएका छन् । पुरातात्विक विभागले पनौती क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए पनि स्थानीले आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरी भौतिक संरचना र घर निर्माण गरेका कारण समस्या आएको हो।

‘सम्पदा सूचीमा राख्नका लागि विभागले तीन चरण मध्य अवलोकन र डकुमेन्टेसनको काम सकिसकेको छ ।' पुरातत्व विभागका माहानिर्देशक भेषनारण दाहालले भने ‘अन्तिम चरणमा रहेको मूल्यांको काम मात्र बाँकी रहेकाले स्थानी सक्रिय भएर आवश्यक मापदण्ड र शर्त पूरा गरे विश्व सम्पदामा सूचीकृतका लागि सहज वातावरण बन्छ।'

 

इन्द्रेश्वर मन्दिरका पुजारी शिवप्रसाद जंगम भने स्थानीय बासिन्दाले पटकपटक मूर्ति, टुँडाल चोर्नेलाई समातेर प्रशासनलाई बुझाए पनि प्रशासनले उचित कारबाही गर्न नसक्दा पनौती क्षेत्रको संरक्षणमा कठिन भएको बताए।

पौराणिक र ऐतिहासिक वस्तुको उचित संरक्षण नहुँदा जीर्ण हुँदै गएका छन्।

२०४८ सालदेखि २०५५ सालसम्म फ्रान्स सरकारको सहयोगमा सञ्चालित पनौती एकीकृत मन्दिर संरक्षण आयोजनाले पनौतीका सम्पूर्ण सम्पदा जीर्ण अवस्थामा रहेको मठ, मन्दिर र पार्टीको जिर्णोद्वार गरे पनि त्यसपछि मर्मतसम्भार नभएका कारण पुरातात्विक समान बिग्रँदै गएको मन्दिरका पुजारी जंगमले बताए।

स्मारक क्षेत्र घोषणा गरिएका ठाउँमा छुट्टै मापदण्ड लागू गरिए पनि नगरपालिका र पुरातात्वितक विभागको बेवास्ता कारण मापदण्ड विपरीतका संरचना निर्माण हुन थालेका छन्। विश्व सम्पदा सूचीमा प्रस्तावित क्षेत्रमा आधुनिक तरिकारल घर, बाटो र सार्वजनिक स्थलमा टिन, सिमेन्ट, प्रयोग गरी घर निर्माण गर्न पाइँदैन।

तर, संरक्षित क्षेत्रमा रहेका घरमा जस्ताले छाउन थालेको, घरमा सिमेन्टको प्रयोग गरी प्लास्टर गरिएका घर निर्माण हुन थालेससँगै झन जटिलता थपिनुका साथै पुराना कला कौशल हराउँदै गएको स्थानीको आरोप छ।

स्मारक क्षेत्रको मापदण्डले त्यस्ता घर बनाउन निषेध गरेको छ। स्मारक क्षेत्रको अनुगमन गर्ने तथा नक्सा पास गर्ने जिम्मा पुरात्तत्व विभागको उपस्थितिमा पनौती नगरपालिकाले गर्छ।

तर, स्मारक क्षेत्रको मापदण्ड विपरीत घर बनाउँदा समेत सम्बन्धित निकायले चासो नदिएकै कारण स्मारक क्षेत्र प्रभावित बन्दै गएको स्थानीको आरोप छ । मन्दिरका टुँडाल,मूर्ति र काठका झ्याल ढोकामा घाम पानीको असरले मक्किएर जीर्ण बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.