माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
जाजरकोट: जाजरकोटको भगवती गाविस-२ का ४८ वर्षीय मोहन विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
भगवती गाविसमा झुलुङ्गे पुल बनाउने क्रममा बालुवा ल्याउन खोलामा गएको बेला बालुको ढिस्कोले पुरिँदा उनी घाइते भएका थिए।
घाइते विकलाई थप उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा आज बिहान बाटोमानै मृत्यु भएको प्रहरी प्रमुख दानबहादुर मल्लले बताए। रासस
प्रतिक्रिया दिनुहोस !