संसद् अगावै सचिवालयमा अविश्वासको प्रस्ताव

संसद् अगावै सचिवालयमा अविश्वासको प्रस्ताव

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका संसद बैठडक सुरु हुनु अगावै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ ।

केन्द्रका नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले संसद्को बुधबारको बैठक सुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिए ।

केन्द्रको नयाँ बानेश्वरस्थित संसद्भवनमा बिहान बसेको संसदीय दलको बैठकपछि उनले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सरकारको बजेट पारित गराउन भने आफ्नो पार्टीले अवरोध नगर्ने बताए।

केन्द्रको पदाधिकारी बैठकले पनि तत्काल प्रम ओलीलाई पदबाट राजीनामा दिन माग गरेको थियो । व्यवस्थापिका–संसद्को बैठक ३ बजे बस्नेछ ।

नेता पोखरेलले केन्द्र र एमालेका बीचमा भएका नौबुँदे र तीनबुँदै भद्र सहमतिलाई प्रम ओलीले कार्यान्वयन नगरेको हुँदा आफ्नो पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको स्पष्ट पारे ।

अब बन्ने नयाँ सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने र यसका लागि नेकाले सहयोग गर्ने उनले जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.