आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो
इलामः गोदक १ का गंगाराम श्रेष्ठ ६ वर्षअघि रूखबाट लडे । उनको पेट फुट्यो । दुई महिना अस्पताल बसेर फर्केपछि उनले नेपाल सरकारले वितरण गर्ने आयुर्वेदिक औषधि खान थाले । उनले सुनाए, ‘औषधि खान थालेपछि धेरै सजिलो भएको छ ।'
पेट फुटेपछि त्यसलाई थाम्न पटुका बाँधेका उनले एलोपेथिकले निक्कै गलाएपछि आयुर्वेदतर्फ लागेको बताए । अहिले हिँड्न सक्ने भएकोमा उत्साहित उनले भने, ‘मलाई चाहिँ चित्त बुझेको छ ।'
उनले मेची अञ्चल आयुर्वेदिक औषधालयले पाक्षिक रूपमा घरछेउमा सञ्चालन गर्ने आयुर्वेद क्लिनिकबाट सेवा लिने गरेका छन् । औषधालयका प्रमुख डा. सरोज विशालका अनुसार इलामको गोदक र साखेजुङ गाविसको नेपालटारमा गाउँघर क्लिनिक सञ्चालनमा छ । दीर्घरोगीको उपचार र अम्बल हटाउनसमेत सल्लाह दिने गरेको उनले बताए ।
गोदकको क्लिनिकमा पुग्दा ८१ वर्षका प्रजापति अधिकारी डाक्टरसँग कुरा गरिरहेका थिए । दश वर्षदेखि हातखुट्ट दुख्ने समस्याले पीडित उनले चार वर्षअघिदेखि आयुर्वेदिक औषधि खान थालेको बताए । चार वर्षअघि ओछ्यान परिसकेका उनी आयुर्वेदिक औषधिले हिँड्न सक्ने बनाएको ठान्दछन् । उनले भने, ‘मैले त नयाँ जीवन पाएँ, अहिले आफैं हिँडेर आउन सक्ने भएको छु।
' उनका अनुसार गोदक २ को सरकारी क्लिनिकमा औषधिको पैसा पर्दैन । ओछ्यान पर्न लागेका उनले मालिस गर्ने औषधि देखाउँदै भने, ‘मजस्ता धेरैले प्रभावकारी सेवा पाएका छन् ।'
क्लिनिकमा प्रेसर, दम, ग्यास्टिक, छालालगायतका दीर्घ रोगका बिरामी आउने गरेको डाक्टर विशाल बताउँछन् । मसल दुख्ने समसयाबाट ग्रस्त गोदक घट्टाका खड्ग श्रेष्ठले पनि एलोपेथिक औषधि छोडेर आयुर्वेदिक औषधि खान थालेको एक वर्ष भयो । उनले भने, ‘नियमित खाँदा फाइदैफाइदा हुदो रहेछ ।'
चार वर्षदेखि सञ्चालन गरेको क्लिनिकमा उमेर ढल्केकादेखि अल्लारेसमेत आउने गरेको डा. विशालले बताए । कतिपयले चार वर्षदेखि निरन्तर सेवा लिइरहेको बताएका छन् ।
विज्ञहरूका अनुसार दीर्घ रोगहरू निर्मुल हुदैनन् । रोकथामका लागि आयुर्वेदनै उत्तम उपाय हो । आयुर्वेद विभागअन्तर्गत इलाममा स्थापना भएका चार कार्यालयले एक वर्षमा १२ हजार यस्ता बिरामीलाई सेवा दिने गरेको डा. विशालले बताए ।
मेची अञ्चल आयुर्वेद औषधालय आइतबारेअन्तर्गत फाकफोक, एकतप्पा, जमुना सञ्चालन भएका आयुर्वेद औषधालयले विभिन्न रोगका १२ हजार उक सय ५७ जनालाई सेवा प्रदान गरेको हो । डा. विशालले भने, ‘सेवाका विविध करणसँगै बिरामीको आकर्षण बढेको छ ।' औषधालयले ३० वटा रोगका बिरामीलाई सेवा दिएको उनले बताए ।
डा.विशालका अनुसार दम, बाथ, प्रोस्टेट, उच्च रक्तचाप, मधुमेह, दीर्घ दुखाइदेखि मानसिक समस्यासम्मको उपचार औषधालयमा निःशुल्क हुने गरेको छ । मेची अञ्चल आयुर्वेद औषधालमा बाफबाट उपचार गर्ने गरिएको छ । खाना पकाउने ३ लिटरको कुकरमा औषधिमित पानी उमालेर पाइपको सहाराले गरिने यो उपचारलाई डा. विशालले ‘स्नेहन' उपचार भएको बताए ।
यो सेवाका लागि ठूला सहरमा महंगो मूल्य चुकाउनु पर्ने गरेको छ । उनले सूर्योदय नगरपालिकाको आइतबारे र एकतप्पा गाविसमा दैनिक यो सेवा सञ्चालन गरेको बताए ।
मानसिक सन्तुलनमा समस्या भएकाहरूका लागि नेपालमै सम्भवत पहिलो पटक आफ्नै प्रयासमा ‘शिरोधारा' उपचार पद्धतिद्वारा उपचार सुरु गरेको डा. विशालले दाबी गरे । आयुर्वेद विभागको कार्यक्रममा नभए पनि उनले आफैं सुरु गरेको यो उपचारबाट जिल्ला भरका डिप्रेसनका बिरामीहरूले सेवा लिइरहेको मेची अञ्चल आयुर्वेद औषधालयले जनाएको छ ।
मेची अञ्चल आयुर्वेद औषधालय आइतबारेअन्तर्गत फाकफोक, एकतप्पा, जमुना सञ्चालन भएका आयुर्वेद औषधालयले विभिन्न रोगका १२ हजार उक सय ५७ जनालाई सेवा प्रदान गरेको हो । डा. विशालले भने, ‘सेवाका विविध करणसँगै बिरामीको आकर्षण बढेको छ । औषधालयले ३० वटा रोगका बिरामीलाई सेवा दिएको उनले बताए ।
डा.विशालका अनुसार दम, बाथ, प्रोस्टेट, उच्च रक्तचाप, मधुमेह, दीर्घ दुखाइदेखि मानसिक समस्यासम्मको उपचार औषधालयमा निःशुल्क हुने गरेको छ । मेची अञ्चल आयुर्वेद औषधालमा बाफबाट उपचार गर्ने गरिएको छ । खाना पकाउने ३ लिटरको कुकरमा औषधिसित पानी उमालेर पाइपको सहाराले गरिने यो उपचारलाई डा. विशालले ‘स्नेहन उपचार भएको बताए ।
यो सेवाका लागि ठूला सहरमा महंगो मूल्य चुकाउनुपर्ने गरेको छ । उनले सूर्योदय नगरपालिकाको आइतबारे र एकतप्पा गाविसमा दैनिक यो सेवा सञ्चालन गरेको बताए ।
मानसिक सन्तुलनमा समस्या भएकाहरूका लागि नेपालमै सम्भवत पहिलो पटक आफ्नै प्रयासमा ‘शिरोधारा उपचार पद्धतिद्वारा उपचार सुरु गरेको डा. विशालले दाबी गरे । आयुर्वेद विभागको कार्यक्रममा नभए पनि उनले आफैं सुुरु गरेको यो उपचारबाट जिल्ला भरका डिप्रेसनका बिरामीहरूले सेवा लिइरहेको मेची अञ्चल आयुर्वेद औषधालयले जनाएको छ ।