दस लाख र पेस्तोलको झोला नजिकै शव भेटिएपछि...

दस लाख र पेस्तोलको झोला नजिकै शव भेटिएपछि...

धनगढी : दार्चुलाको घुसा गाविसको वडा नम्बर ८ धनबोरा भन्ने स्थानमा ९ लाख ९९ हजार नगदी र पेस्तोल सहितका दुई वटा झोला फेला परेका ब्यापारी मध्येका यार्सा ब्यापारी जमनसिह महताको हत्या गरिएको छ ।

झोला भेटिएको स्थान नजिकै चमेलिया नदीमा महताको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा सितोला गाविस ३ होपरीगाड घर भएका यार्सा ब्यापारी महताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीले, व्यापारी महताको हत्या गरेर शव, नदीमा फालेको हुनसक्ने अनुमान लगाएको छ । सिप्टी ३ होपरीगाड घर भएका महता र सिप्टी गाविस वडा नंं ८ का दामोदरसिह धामीका नामको यार्सा संकलन पुर्जी समेत भएका दुई वटा झोला, मंगलबार घुसाको धनबोरामा फेला परेपछि प्रहरी त्यसतर्फ गएको थियो ।

झोला नजिकै रगत लागेको चाईनीज चक्कु भेटिएपछि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले गरेको अनुमान सत्य सावित भएको छ । मंगलबार विहान धनबोरा क्षेत्रमा २ वटा झोला, २ थान छाता, एक थान यार्सागुम्बा जोख्ने तराजु, ढक, केही औषधी, एक किलो सतुवा, एक तोला यार्सागुम्बा र एक थान क्यालकुलेटर सहितका झोला फेला परेको थिए ।

खण्डेश्वरी प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक रणबहादुर चन्दको नेतृत्वको टोली धनबरा पुगेको प्रहरीले जनाएको छ । प्रहरील धामीको बारेमा केही पत्ता नलागेको जनाएको छ । सिप्टीका स्थानीयबासिका अनुसार धामी सतुवाका व्यापारी हुन् भने महता यार्सागुम्बाका व्यापारी हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.