भूकम्पपीडितका लागि आएको ४० करोड फिर्ता

भूकम्पपीडितका लागि आएको ४० करोड फिर्ता

चरीकोटः रेडक्रस सोसाइटी दोलखा भित्रको विवादका कारण भुकम्प पीडितहरुको नाममा आएको चालिस करोड रुपैया फिर्ता गएको छ । जिल्लाको लापिलाङ र सुस्पाक्षमावती गाविसका सिमान्तकृत थामी समुदायका दुई हजार परिवारलाई दुई लाखको दरले घर बनाउन स्वीर रेडक्रस सोसाइटीले दिएको ४० करोड रुपैयाँ फिर्ता गएको हो ।

रेडक्रसका एक कर्मचारीका अनुसार स्वीस रेडक्रससँगको सहमति अनुसार रकम आउने भएपछि जिल्ला रेडक्रसले दुई गाविसका स्थानीयहरुलाई डकर्मी सम्वन्धी तालिम समेत दिईसकेका छन् ।

यस्तै स्थानीयलाई घरको मोडल र तालिम समेत दिईसकेको अवस्थामा रेडक्रस भित्र देखिएको विवाद समधान नभएको अवस्थामा काम गर्न नसकिने भन्दै दातृनिकाय फर्केको नाम नलेख्ने सर्तमा एक सदस्यले जानकारी दिए । यस्तै हाल सञ्चालनमा रहेको भुकम्प पुर्नलाभ कार्यक्रम पनि काम गर्दा गर्दै फिर्ता जान लागेको जनाएको छ ।

प्रशासनद्धारा रेडक्रसमा सिलबन्दी

भीमेश्वर नगरपालिका वडा नम्वर २ मा कार्यालय रहेको नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार सिलबन्दी गरेको छ । रेडक्रसको गतिविधिको बारेमा धेरै गुनासो आएको भन्दै छाविन गर्न कागजपत्र जफत पछि सिलबन्दी गरीएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिए ।

उनले स्थानीयहरुले प्रशासनमा लिखित उजुरी दिएको र पटक पटक तालाबन्दी भएको भन्दै छानविन समिति गठन गरीएको वताउदै केहि दिन भित्र बास्तविकता छानविन गर्ने बताए । प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी कटुवालको संयोजकत्वमा सात सदस्यीय छानविन समिति बनाएको छ ।

भुकम्प पछि दोलखामा आएको संघसस्थाहरुको काम कार्बाहीमा आर्थिक अनियमीतता गरेको भन्दै स्थानीयहरुले असार १२ गते पहिलो पटक रेडक्रस कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यालयको काममा कुनै क्षति नपुगोस भन्ने उद्धेश्य राखेर अध्यक्षको कार्यकक्षमा मात्र तालाबन्दी गरेपनि वेवास्था गरेको भन्दै मङ्गलबार स्थानीयहरुले कार्यालयको मुलगेटमै तालाबन्दी गरेको स्थानीय चरित्रकुमार जोशीले जानकारी दिए । यसैविच प्रशासन ले विहिबार बाट रेडक्रसका कर्मचारीहरुलाई जिल्ला प्रशासनमा हाजिर हुन अनुरोध गरेका छन् ।

स्थानीयहरुले रेडक्रस शाखाका पदाधीकारीहरुलाईे हाल शाखाको प्रयोग योग्य भवन हुँदा हुँदै पनि अन्यत्र कोठा भाडामा लिई सोसाइटीलाई अनावश्यक आर्थिक भार थपेको, पुरानो बोलेरो गाडी खरिद गरी नयाँ गाडीको विल भर्पाइ गरी आर्थिक अनियमितता गरेको, भीमेश्वर नगरपालिका–२, पाखलतीमा भुकम्प प्रतिरोधी नमुना घर निर्माण गर्दा आर्थिक अनियमितता गरेको, दातृ निकायले उपलब्ध गराएको चामलदेखि त्रिपालसम्ममा चरम हिनामिना गरेको, कर्मचारीको तलबको केहि अंस रेडक्रसलाई भन्दै खल्ती भरेको, विना टेण्डर किर्ते हस्ताक्षर गरी सामग्री गरिद तथा विल भुक्तानी गरेको, सोसाइटीको आफ्नै स्रोतको रकम हिनामिना गरेको लगाएतको आरोप लगाउदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.