बाँधबारे कूटनीतिक तहमा कुरा गर्न सुझाव

बाँधबारे कूटनीतिक तहमा कुरा गर्न सुझाव

काठमाडौं: पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले सप्तरीस्थित दसगजामा भारतले एकतर्फी रूपमा बाँध बनाएपछि उत्पन्न तनावका विषयमा कूटनीतिक च्यानलबाट भारतसँग कुराकानी गरी समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।

‘सीमामा एकतर्फी रूपमा बाँध निर्माण भएको विषयमा स्थानीय जनताबाट खोजिएको समाधानको विषयलाई स्थानीय तहबाट समाधान गर्नुभन्दा कूटनीतिक च्यानलबाट भारतसँग कुराकानी गर्नु उपयुक्त हुन्छ', आचार्यले बिहीबार अन्नपूर्णसँग भने ।

परराष्ट्रसचिव शंकरदास बैरागीले मन्त्रालयले गृह मन्त्रालयसँगको सम्पर्कमा रही सप्तरीस्थित दसगजामा बाँध निर्माण भएको भन्नेबारे जानकारी लिइरहेको बताए ।

 

‘दसगजामा कसरी बाँध निर्माण गरियो भन्ने विषयमा जानकारी लिइरहेका छौं', उनले भने ।

गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले सिमानामा एकतर्फी रूपमा बाँध निर्माणका सम्बन्धमा भारतीय पक्षसँग स्थानीय तहमा कुराकानी भएको बताए ।

‘अहिले तत्काललाई बाँध निर्माण रोकिएको छ । तर फेरि बाँध बन्न सुरु भए हामी परराष्ट्र मन्त्रालयमार्फत भारतीय केन्द्र सरकारसँग कुराकानी गर्नेछौं', उनले भने ।

'ओली सरकारको बहिर्गमनमा भारत खुसी वा दुःखी दुवै छैन'

भारतले नेपालमा भएको सत्ता परिवर्तनबाट भारत सरकार खुसी वा दुःखी दुवै नरहेको प्रतिक्रिया दिएको छ ।
नेपालमा ओली सरकारको बहिर्गमनबाट भारत खुसी भएको भन्ने समाचार आइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले बिहीबार भने, ‘नेपालमा नयाँ सरकार बन्दा हामी न दुःखी न खुसी हुन्छौं । नेपालमा जुनसुकै सरकार आए पनि मिलेर काम गर्ने भारत सरकारको दायित्व हुन आउँछ ।'

नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालय साउथ ब्लकमा आयोजित पत्रकारसम्मेलनमा नेपालमा नयाँ गठबन्धन बनाउन भारतको हात छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘नेपालको पछिल्लो राजनीतिक परिवर्तन पूर्ण रूपमा नेपालको आन्तरिक मामिला हो । यसमा मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन ।'

नेपालमा बाढीपहिरोका कारण भइरहेको जनधनको क्षतिबारे सोधिएको प्रश्नमा स्वरूपले भने, ‘नेपालमा बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौं । बाढीका कारण भारततर्फका सीमावर्ती भूभागसमेत प्रभावित भएका छन् ।'

उनले नेपाललाई बाढीका कारण परेको अप्ठ्यारो अवस्थामा जुनसकै सहयोग गर्न तयार रहेको बताए । ‘नेपाल सरकारले आग्रह गरेअनुसार हामी बाढी नियन्त्रणमा सहयोग गर्छौं', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.