आईएसको खतरा र कोसी ब्यारेज
इस्लाम धर्मको सुरुआत पैगम्बर मोहम्मदद्वारा सातौँ शताब्दीमा साउदी अरेबियाबाट सुरु भएको थियो । यो धर्म मान्नेलाई मुस्लमान भनिन्छ । उनीहरूका नजरमा ईश्वर एक छन् र 'अल्लाह' को नामले चिनिन्छन् । मुख्यतः इस्लाम धर्ममा यहुदी र क्रिस्चियन परम्परालाई समेत अँगालिएको बताइन्छ ।
इस्लाम धर्मको मूल ग्रन्थ 'कुरान' ले मुस्लिम धर्मावलम्बीले मान्नुपर्ने आचारसंहिताका साथै समाज कसरी सञ्चालन हुनुपर्दछ भन्नेबारे समेत बताइएको छ । 'सरिया कानुन' को आधारमा समेत कतिपय मुस्लिम समाज परिचालित छ ।
इस्लाम धर्म मान्नेहरूमा समेत धेरै विभाजन छ । दक्षिणपूर्वी एसिया, चीन, दक्षिण एसियाका मुलुकहरूमा मुख्यगरी सुन्नि मुस्लिम धर्मावलम्बीहरूको बाहुल्य छ भने इरान, अजरबैजान, इराक, सिरिया, बहराइन जस्ता मुलुकहरूमा सिया मुस्लिम बढी छन् ।
हाल मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकहरूका कतिपय इस्लामिक राष्ट्रहरूमा अति राष्ट्रवादको नारासहित आफ्नै मौलिकतामा आधारित राष्ट्रको परिकल्पनासहित इस्लामिक स्टेट (आई.एस) को उत्पत्ति भएको छ । यसले आफ्नो निहित स्वार्थ र उद्देश्य पूर्तिको लागि आतंकसमेत मच्चाउँदै सिंगो विश्वलाई डर र त्रासमा बस्न बाध्य पारेको छ ।
दक्षिण एसियामा आईएसको त्रास
तुलनात्मक रूपमा बढी उदार तथा प्रजातन्त्रप्रति आस्था राख्ने दक्षिण एसियाका इस्लामिक राष्ट्रहरूमध्येको एक बंगलादेशमा पटक-पटक भएको आईएसको आतंकवादी हमलाहरूले विशेष सन्देश दिइरहेको बुझ्नु आवश्यक छ । हालको ढाकाको एउटा क्याफेमा भएको हमला जहाँ विदेशीहरूको विशेष आवतजावत हुन्थ्यो- एक उच्च पदस्थ प्रतिपक्षी दलका नेताका छोराको संलग्नता हुनु, एकपछि अर्को धर्म निरपेक्षताको वकालत गर्ने प्राध्यापक, हिन्दु धर्मगुरु, समलिंगी अधिकारको रक्षार्थ लड्ने मानवअधिकारवादीमाथि भएको आक्रमणले अतिवादलाई प्रश्रय दिने आईएसको उद्देश्य छर्लंग भएको छ ।
यसको आतंकवादी नेटवर्क भारतका डा. जाकिर नायक संलग्न रहेको साउदी अरबबाट परिपोषित इस्लामिक अनुसन्धान केन्द्रसँग समेत भएको बुझिन आएबाट यसको जरा दक्षिण एसियामा राम्ररी फैलिइसकेको सहजै अनुमान लगाउन सकिन्छ । भारतमा धेरै आतंककारी घटना भएका छन्, तर त्यसमा आईएसको प्रत्यक्ष संलग्नता भएको तथ्य फेला परेको छैन ।
हालैको पठानकोट एयरबसमा भएको आतंककारी हमलामा पाकिस्तानसमर्थित आतंकवादी समूह रहेको भारतीय दाबी भए पनि आईएसले नै गराएको भन्ने पुष्टि भने हुन सकेको छैन । नैतिक रूपबाट समर्थन हुन सक्ने भन्ने कुरा भने नकार्न सकिन्न । भारतमा आईएसले आतंककारी घटना गराउन सक्ने यथेष्ट सम्भावना जीवितै रहे पनि हरेक यस्ता घटनामा पाकिस्तानको हात देख्ने भारतीय प्रवृत्तिको कारण अनुसन्धानमै त्रुटि भएको हुनसक्ने सम्भावनाको गुन्जायस भने यथावत् छ ।
दक्षिण एसियाली मुलुकहरूमा सबैभन्दा बढी आतंकवादी हमला हुने मुलुकमध्ये पाकिस्तान पनि एक हो । आफैँले सघाएको र हुर्काएको तालिवान अहिले आफ्नै निमित्त पासो बनेको छ । तालिवानको सम्बन्ध आईएस, अलकाइदा, अल सवाब तथा बोको हरामसँग छैन भन्न सकिँदैन । सुन्नी बाहुल्य भएको पाकिस्तान बंगलादेशभन्दा केही कट्टर मानिन्छ ।
कोसी ब्यारेज मुख्यगरी सिँचाइ, बाढी नियन्त्रण, यातायातको हिसाबले महत्र्वपूर्ण त छ नै, यो नेपाल भारत सम्बन्धको एक ऐतिहासिक सेतुसमेत भएकाले नेपालले यसको सुरक्षामा विशेष ध्यान पुर्याउनु अति आवश्यक छ ।
तसर्थ पनि आईएसको खतरा यहाँ कम रहेको आकलन गरिएको छ । साउदी अरेबियाजस्तो सेक्टरियन पावरसँग पाकिस्तानको राम्रो सम्बन्ध रहेबाट समेत फाइदामा रहेको बुझिन्छ । अफगानिस्तानमा पाकिस्तानको संलग्नता विवादित मानिन्छ । तसर्थ तालिवानको तर्फबाट भने पाकिस्तानलाई खतरा रहिआएको छ ।
अफगानिस्तानको अवस्था सम्बन्धमा ९ र ११ को आतंककारी घटनापछिको मूल्यांकन गर्दा नेटो फोर्सअन्तर्गत इसाफको तैनाथीपछि अलकाइदाको पत्तासाफ भएको तर तालिवानजस्तो आन्तरिक शक्ति भने सशक्त हुँदै आएको देखिन्छ । आईएससँग तालिवानको कार्यगत एकता यदाकदा देखिँदै आएको र अमेरिकामा घटाइएको आतंकवादी हमलामा अफगानी मूलका व्यक्तिको संलग्नता देखिएबाट यसको पुष्टि हुन आउँछ ।
किन हुन्छ आईएसबाट आतंकवादी हमला ?
कुनै पनि आतंकवादी हमला हुनको लागि त्यसका संगठनलाई प्रेरणा प्रदान गर्ने कारण, अर्थ संकलन तथा नेटवर्किङको सुविधा, टार्गेटको विशेषता-पहुँचको हिसाबले, हमलाबाट हुने मनोवैज्ञानिक फाइदा र प्राप्त हुने निहित उद्देश्यको बृहत् विश्लेषण गर्नु आवश्यक हुन्छ । जुन प्रकारले युरोपका केही मुलुकमा आतंकवादी घटना भइरहेका छन्, ती प्रायः साम्राज्यवादी शक्तिहरू थिए, ले साधन, स्रोतको निमित्त सिंगो विश्वलाई उपनिवेश बनाउने कार्य गरे ।
त्यसैगरी पहिलो गल्फ वारको समयमा इराकले कुबेतमा आक्रमण गरेकाले अमेरिका र सहयोगी राष्ट्रबाट प्रतिकारस्वरूप इराकमाथिको प्रतिहमला जायज करार गर्न सकिएला, तर दोस्रो हमलाको पुस्ट्याइँ सहजै गर्न सकिँदैन, जसको फलस्वरूप मध्यपूर्व हालसम्म अशान्त छ ।
सायद यसैको कारण आईएसलाई आफ्नो क्रियाकलापको लागि ऊर्जा प्राप्त भइरहेको छ र अमेरिकालगायत पश्चिमा राष्ट्रहरू र केही उदार इस्लामिक राष्ट्रहरूमा आतंकवादी हमला कायम छ । इन्डोनेसिया र बंगलादेश यिनैमध्येको एक सिकार हुन सक्छन् । प्रादेशिक शक्तिहरू जस्तै- साउदी अरेबिया र इरान यसका मुख्य सहयोगी र ऊर्जा प्रवर्धक रहिआएका छन् भने अमेरिका र पश्चिमा राष्ट्रहरू साउदी अरेबिया ब्लकमा र रसिया तथा चीन (परोक्षरूपमा) इरान ब्लकतर्फ रहेका छन् ।
टर्कीको भूमिका मध्यपूर्वको समस्यामा विवादास्पद रहिआएको छ । हुन त पश्चिमा ब्लकमा रहेको टर्की कुर्दिस्तानको विषयमा विभाजित छ र आईएससँगको नाजायज सम्बन्धमा कारण (तेल खरिदबिक्रीको विषयलाई लिएर) आफैँ समस्यामा पर्दै आएको छ । सबैभन्दा बढी आतंकवादी हमला बेहोरेको टर्की हालैको सैनिक विद्रोहबाट पार पाउन अझै केही समय लाग्ने देखिन्छ ।
कोसी ब्यारेजमा आतंकवादी हमला र यसको सम्भाव्यता
नेपालमा बसोवास गर्ने मुस्लिम धर्मावलम्बीहरू मुख्यगरी सुन्नी समुदायका रहेका छन् भने यिनीहरूको मुख्य वासस्थान तराईको समथर फाँट रहिआएको छ । सम्पूर्ण जनसंख्याको ३.७ प्रतिशत कुल मुस्लिम जनसंख्यामध्ये तीन प्रतिशत काठमाडौँ उपत्यका र पश्चिम पहाडमा बसोवास गर्छन् । तराईमा बसोवास गर्ने मुस्लिमहरूको भारतको विहार तथा उत्तर प्रदेशका मुस्लिमहरूसँग पनि राम्रो सम्बन्ध भएको पाइन्छ । सामाजिक सद्भाव र सामीप्यताको हिसाबले नेपालमा मुस्लिम र बहुसंख्यक हिन्दुबीच आत्मीय सम्बन्ध रहिआएको छ ।
नेपालमा विगतमा भएका आतंकवादी हमलामध्ये आन्तरिक विद्रोहको अवस्थामा गराइएका घटना, सांगठित अपराधीहरूबाट भएका हमलाहरू र ठूलो स्केलमा भने इन्डियन एयरलाइन्सको विमान अपहरण काण्ड मुख्य रहेका छन् । आतंकवादीबाट हुने हमलाहरू मुख्यगरी जनमानसमा डर, त्रास पैदा गरी राज्यसँग सौदाबाजी गर्ने अभिप्रायले बहुसंख्यक मानिसहरू जम्मा हुने सार्वजनिक स्थल जस्तै- सपिङ मल, सिनेमा हल, बस स्टप, एयरपोर्ट, मन्दिर, मस्जिद, गिर्जाघर आदिलाई निशाना बनाइएका हुन्छन् । यसैगरी आत्मघाती बम विस्फोट गराउँदा सुरक्षा फौजले कम शंका गर्ने तर प्लान्ट गरेर राखेको विस्फोटक पदार्थ विस्फोट हुन गई हमला असफल हुने सम्भावना रहन्छ ।
जहाँसम्म कोसी ब्यारेजजस्तो पूर्वाधार ध्वंस गराउन धेरै विस्फोटक पदार्थको आवश्यकता पर्ने, लामो समय आतंककारी विस्फोट हुने साथै प्राविधिक ज्ञानको आवश्यकता पर्ने हुँदा यो आतंककारीको पहिलो प्राथमिकतामा परे पनि ध्वंस गराउन त्यति सजिलो छैन । कोसी ब्यारेज मुख्यगरी सिँचाइ, बाढी नियन्त्रण, यातायातको हिसाबले महत्र्वपूर्ण त छ नै, यो नेपाल भारत सम्बन्धको एक ऐतिहासिक सेतुसमेत भएकाले नेपालले यसको सुरक्षामा विशेष ध्यान पुर्याउनु अति आवश्यक छ ।
लेखक नेपाली सेनाका पूर्व सहायक रथी तथा द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि हुन् ।