लोकतन्त्रको भविष्य र अबको बाटो

लोकतन्त्रको भविष्य र अबको बाटो

सन् १९६३ मा वासिङ्टन डिसीको क्यापिटल हिलको प्रांगणमा उभिएर मार्टिन लुथर किङले भनेका थिए, ‘मसँग सपना छ, अमेरिकी जनताको जीवन र स्वतन्त्रताको सपना जुन न्यायमा अडेको हुनेछ, जहाँ काला र गोरा सँगसँगै हिँड्ने छन् ।'

मार्टिन लुथर किङले कालाजातिकै प्रतिनिधित्व गर्थे र आज संयुक्त राज्य अमेरिकामा पहिलोपटक बाराक ओवामा राष्ट्रपति बनेका छन् । पहिलो अश्वेत राष्ट्रपतिको रूपमा बाराक ओवामा ह्वाइट हाउसमा पुगेपछि साठीको दशकमा मार्टिन लुथर किङले परिकल्पना गरेको सपनाको एउटा पाटो पूरा भएको छ बाँकी अमेरिकी जनताले मूल्यांकन गर्ने नै छन् ।

कुनै पनि राष्ट्रको समग्र विकासको लागि त्यो देशमा एउटा दीर्घकालीन सपना बोकेको नेता हुन् जरुरी छ । जुन नेतासँग एउटा त्यस्तो सपना होस् जुन साकार पार्न जनता साथ दिन तत्पर रहुन् । नेपालमा नेताहरूको आह्वानमा धेरै पटक आन्दोलन भए र ती आन्दोलनबाट ठूला ठूला परिवर्तन पनि भए ।

नेताहरूद्वारा देखाइएका सपनाहरू समयक्रममा ओझेलमा पर्दै गए । फलस्वरुप प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रहुँदै वर्तमानसम्म आइपुग्दा जनताको आँखामा नेताहरूको कद होचो हुँदै गइरहेको छ । लोकतन्त्रमा राजनीति र नेताप्रति भरोसा टुट्दै गयो भने त्यो देश असफल राष्ट्रको दलदलमा फस्ने सम्भावना प्रबल रहन्छ । त्यही दलदलबाट तानाशाहहरू जन्मने खतरा बढ्छ । हाम्रो लोकतन्त्रले गणतन्त्रको पगरी गुथेको झन्डै एक दशक पूरा हुँदा पनि प्रस्थानविन्दु नै फेला पार्न नसकेको होकी भन्ने आभास भइरहेको छ ।

एक्काईसौँ शताब्दीमा पनि स्कुल जान नपाएको केटाकेटी, एकसरो लुगा लगाउन नपाएका नेपाली, आजका मितिसम्म पनि मोटर र हवाइजहाजको अनुहार देख्न नपाएका जनता प्रशस्तै भेटिन्छन् । मुलुकमा सत्ताकेन्द्रित राजनीति मात्र हावी भयो । त्यसभित्रको भित्रीबाहीरी चलखेलको चक्रब्यूहमा मडारिँदै लोकतन्त्र निस्सासिएको छ ।

जबसम्म लोकतन्त्रको घाम कर्णालीदेखि तराईका बस्तीबस्तीमा, हिमालदेखि पहाडसम्म पुग्दैन तबसम्म त्यो आकाशको फलमात्र सावित हुन्छ । काठमाडौँको ‘लोकतन्त्र' ले सिंगो नेपाललाई देख्न सक्नुपर्छ, चिन्न सक्नुपर्छ त्यहाँको मर्म बुझ्न सक्नुपर्छ ।

राष्ट्र निर्माणको कठिन घडी हाम्रो सामुन्ने खडा छ । इतिहासको यो चुनौतीपूर्ण घडीमा हामीले हाम्रा पुर्खाहरूलाई साक्षी राखेर लोकतन्त्रको सच्चा अनुभूति दिन खरो भएर उभिनपर्ने दायित्व आएको छ । यो दायित्व हामीले नेतालाई मात्र सुम्पेर एउटा सच्चा नागरिकको कर्तव्य पूरा हुन सक्दैन । यो हामी सबैको साझा दायित्व हो । नेता त हामीले चुनेर पठाएका मात्र हौं । तीनलाई सही मार्गमा डोर्‌याउने काम आम जनताको हो ।

किनभने लोकतन्त्रमा जनता भन्दा बलियो शक्ति अर्को हुन सक्दैन । अब सबै नेपाली एकसाथ उठ्नुपर्छ, जुट्नुपर्छ । साठी वर्षअघिको सपना साँचेर आएको वर्तमान संविधानमा हिमाल, पहाड र तराईका जनता अटाउनैपर्छ । अब पनि काठमाडौंको छायाँले सिंगो देशलाई पछि पार्ने काम किमार्थ गरिनु हुँदैन ।

नेपाली जनताले चाहेको सिंगो र मजवुत नेपालको परिकल्पना हो । समृद्ध नेपालको चाहना हो । हाम्रो लोकतन्त्रले हामीलाई मार्ग निर्देशन गर्ने पनि त्यही हो । यसलाई कसैले अपव्याख्या गर्न खोज्दछु भने तिनीहरूलाई इतिहासले शालीन ढंगले पाखा लगाउँदै जाने छ ।

अब एकछिन विगततिर फर्कौं—२००७ साल अघि र त्यसपछ पनि नेपालमा राष्ट्र निर्माण अभियानको नाममा थुप्रै आन्दोलनहरू भए । देश र जनताका नाममा धेरै मानिसहरू मारिए । विस्थापित भए । गरिब जनताका छोराछोरीहरू पार्टीका बन्दुक बोक्ने भरिया भए । भरिया बन्न नसक्नेहरू खाडी मुलुकमा पलायन भए ।

काठमाडौंकेन्द्रित राजनीति गाउँगाउँ पुग्न सकेन । यसको मुख्य दोषी राजतन्त्र हो भन्ने टुंगोमा राजनीतिक दलहरू पुगे फलस्वरुप राजतन्त्रको अन्त्य भयो । संविधानसभाको पहिलो बैठकले मुलुकलाई संघीय, गणतान्त्रिक राष्ट्रको रूपमा अनुमोदन गर्‌यो । तर यतिका वर्ष बितिसक्दा पनि संघीयताको ढाँचा राजनीतिक दलहरूले प्रस्तुत गर्न सकिरहेका छैनन् ।

फलस्वरुप देशको थिति लथालिंग भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासँग २०१५ सालमा नै राष्ट्र निर्माणको स्पष्ट तस्वीर थियो—सपना थियो । पुँजीवाद र साम्यवादको मध्यममार्गी बाटाको रूपमा प्रजातान्त्रिक सामाजवादी अवधारणालाई अगाडि सारेर बीपीले २०१५ सालमा नै मुलुकलाई नौ प्रदेशमा राखेर विकासको गतिलाई समान ढंगले अघि बढाउने उद्घोष गरेका थिए ।

तर आज बीपी कोइरालाका चेलाहरूको कुनै स्पष्ट भिजन देखिएन । नेपाली कांग्रेसले बीपीको नाम बेचेर कहिलेसम्म राजनीति गर्ने ? त्यो पनि बीपीको आदर्श विर्संदै जाने र जहाँ जतिबेला उनको नाम बाउन्स चेक प्रयोग गर्दा आफूलाई फाइदा हुन्छ त्यतिबेला मात्र बीपीको नाम उच्चारण गर्ने ।

देश र जनताका नाममा आफ्नो जीवन सुम्पने जो कोहीलाई पनि राष्ट्रले सम्झनुपर्छ र यथोचित सम्मान प्रकट गर्नैपर्छ, तर कांग्रेस आज बीपी नामको दियोमा तेल थप्न हिचकिचाइरहेको छ । कांग्रेसका अनुयायीहरूकै हात काँपीरहेको देखिन्छ । संविधानसभाबाटै जनताको संविधान लेखिनुपर्छ भनेर नेपाली कांग्रेसले ७० वर्षअघि यो विषयको उठान गरेको थियो । ७० वर्षपछि कांग्रेसको तेत्तृत्वको सरकारले संविधानसभामार्फत संविधान जारी गर्न सफल भयो ।

तर संविधान जारी गरेर मात्र दायित्व पूरा हुँदैन । त्यो संविधानको कार्यान्वयनको पाटो महत्त्वपूर्ण हुन्छ । संविधानमा सबैको अधिकार समेटिएका छन् भनिरहँदा तराई–मधेसका जनताले आफ्ना भावनाहरू संविधानमा नसमेटिएको भन्दै आन्दोलनमा होमिए । संविधान जारी हुनासाथ प्रमुख राजनीतिक दलहरू आआफ्ना पेशागत र भातृसंस्थाहरूमार्फत संविधानमा जनताका हक र अधिकारहरू कसरी र कुन रूपमा कहाँकहाँ समेटिएको छ त्यसको जानकारी गराउने उद्देश्यले गाउँसहरमा पुग्नुपथ्र्यो तर पुगेनन् ।

इमान्दारीपूर्वक लाग्नैपर्छ अन्यथा मुलुक अर्को ठूलो दुर्घटनामा पर्न सक्छ ।लोकतन्त्र त्यतिबेला मात्र सफल हुन्छ, जब कानुनी शासनको अवधारणा व्यवहारिक रूपमा पालना हुन्छ । अन्यथा लोकतन्त्रको नाममा वा जनताका नाममा भनिने कुनै पनि शासन पद्धति असफल हुन्छन् ।

केही निश्चित मधेसी दलका नेताहरूले मात्र संविधानको एकतर्फी ढंगले व्याख्या गरे । यद्यपि संविधानमा थुप्रै त्रुटिहरू छन् र तीनलाई समयक्रममा संशोधन गर्दै जानुपर्छ । एकपटक लेखिएको संविधान सधैंको लागि अकाट्य भन्ने पनि छैन । विश्वका ठूला प्रजातान्त्रिक देश मानिने भारत र अमेरिकामा कैयन् पटक संविधान संशोधन भइसकेको छ । बेलायतमा त लिखित संविधान नै छैन ।

नेपालको वर्तमान संविधानलाई कार्यान्वयन गर्नका लागि २०७४ माघ ७ भित्रै निर्वाचन गराइसक्नुपर्छ । त्यसो त दलहरूले चुनाव गराउने प्रतिबद्धता त गरेका छन् तर आफ्नै नेतृत्वको सरकारले चुनाव गराउने होडबाजीमा अन्ततः चुनाव नहुने हो कि भन्ने आशंका दिनप्रतिदिन बढिरहेको नै छ । यसतर्फ दलहरू इमान्दारीपूर्वक लाग्नैपर्छ अन्यथा मुलुक अर्को ठूलो दुर्घटनामा पर्न सक्छ ।

लोकतन्त्र त्यतिबेला मात्र सफल हुन्छ, जब कानुनी शासनको अवधारणा व्यवहारिक रूपमा पालना हुन्छ । अन्यथा लोकतन्त्रको नाममा वा जनताका नाममा भनिने कुनै पनि शासन पद्धति असफल हुन्छन् । अन्ततःतिनै जनताका नामा सैनिकीकरण हुने सम्भावना रहिरहन्छ । हामी इतिहासको त्यही कठिन यात्रबाट गुज्रिरहेको छौं । आगे सबैलाई चेतना भया ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.