'ब्लड मनी' तिर्न नसक्दा साउदीको जेलमा

'ब्लड मनी' तिर्न नसक्दा साउदीको जेलमा

बनेपाः  दुई वर्षअघि परदेशमा राम्रो कमाएर घर चलाउने, ऋण तिर्ने र छोराछोरी भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेश भास्सिएका कुशादेवी २ का रामचन्द्र तिमल्सिना ‘ब्लड मनी' तिर्न नसक्दा १५ महिदादेखि साउदी अरबको जेलमा छन् । २०७२ साल जेठ १० गते उनले चलाएको ट्रकले एक पाकिस्तानी चढेको कारलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएपछि २०१६ अप्रिल २४ मा अदालतले ‘ब्लड मनी' तीन लाख साउदी रियाल (करिब ९० लाख रुपैयाँ ) बुझाउन नसक्दा जेल परेका हुन् ।

केही वर्षअधि स्वदेशमै पाखोबारी धितो राखेर किनेको बसबाट फाइदा नभएपछि ६ लाख रुपैयाँ ऋण तिर्न विदेशिएका थिए तिमल्सिना । काठमाडौं त्रिपुरेश्वरस्थित वल्र्ड वाइड इम्प्लोइमेन्ट प्रालिमार्फत २०७० असारमा उनी साउदी अरेबिया पुगेका थिए । ट्रक चलाउने काम गरेका रामचन्द्रले पार्किङमा राखेको ट्रकमा पाकिस्तानी चढेको कार ठोक्कियो र एकजना पाकिस्तानीको ज्यान गयो ।

‘पाकिस्तानीहरू धेरै भएकाले ट्रकको छेउमा रक्सीका बोतल राखेर रक्सी पिएर चलाएकाले दुर्घटना भएको भन्दै फसाएछन्' श्रीमान्ले फोनमा भनेका कुरा सम्झिँदै उनकी श्रीमती सरिताले भनिन्, ‘फोनमा उहाँ मेरो दोष केही छैन भन्नुहुन्छ', रामचन्द्रले आफूले दुर्घटना नगराएको बताए पनि अदालतले लाबरबाही तरिकाले गाडी चलाएर दुर्घटना गराएको भन्दै साउदी रियाल ३ लाख पीडित परिवारलाई दिनुपर्ने निर्णय सुनाएको थियो ।

भूकम्पले घर भत्किएसँगै लालाबाला र सासू ससुरासँगै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी श्रीमती सरिताले सुनौलो भविष्यको सपना बुनेर दुई वर्षअघि साउदी पुगेका पति रामचन्द्र त्यहाँको जेलमा परेपछि आफूमाथि पहाड खसेझैँ भएको बताइन् ।

उनले भनिन्, ‘गत वैशाख ९ गते फोनमा कुरा भएको थियो । यो दसंैमा घर फर्कने सल्लाह भएको थियो तर १३ गते उहाँको साथीले फोन गरेर घटनाका बारेमा जानकारी दिए ।'

 

बाबु आउने आसमा नाबालक छोराहरू

दुई वर्षदेखि बाबु फर्कने आसमा बसेका तिमल्सिनाका चार वर्षका छोरा आयुष र सात वर्षका निराजनले बाबालाई स्वदेश फर्कन सहयोग गरिदिन अनुरोध गरेका छन् । विगत १५ महिनादेखि आवजसमेत सुन्न नपाएका उनीहरूले विदेशबाट बाबुलाई फर्कान सहयोग गरिदिन सबैसमक्ष अनुरोध गरेका छन् । ‘हामी साना छौं कमाउन सक्दैनौं । विदेशबाट बाबा घर आउन धेरै पैसा लाग्छ रे', सातबर्से छोरा आयुषले भने, ‘घरमा सधैं आमा रुनुहुन्छ ।'

आमा, बाबु, श्रीमती र दुई छोराछोरीसहितको परिवार पाल्दै आएका तिमल्सिना आफै समस्यामा परेपछि परिवारमा ठूलो समस्या आएको छ । दाजु देवराजको मृत्यु भएपछि उनका तीन छोराछोरीको रेखदेखको समेत जिम्मा रामचन्द्रकै काँधमा आएको थियो ।

सहयोगका लागि अपिल

गरिबीका कारण साउदीमा कमाउन आएका तिमल्सिना जेल परेपछि यति धेरै पैसा कहाँबाट जम्मा गर्ने भन्ने चिन्तामा उनको परिवार परेको छ । तिमल्सिनाको सहयोगका लागि प्रवाशमा आवद्ध गैरसरकारी संघसंस्था, परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास एवं सबैमा निकायसमक्ष परिवारले अपिल गरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएको र कमाएर ऋण तिर्न साउदी गएका तिमल्सिनालाई आर्थिक सहयोग गर्न चाहने सहयोग दाताले कुशादेवी गाविसअन्तर्गत सञ्चालित राहत तथा उद्धार समितिको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं १०४००१२८०००१ मा रकम जम्मा गरिदिनु उनका बाबु शेषनारायण तिमल्सिनाले अनुरोध गरेका छन् ।

यसैबीच अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका अध्यक्ष एवं प्रबन्ध निर्देशक क्याप्टेन रामेश्वर थापाले तिमल्सिना परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । तीन लाख रियल ‘ब्लड मनी' मध्ये अदालतले ४५ दिनभित्र एक लाख २० हजार रुपैयाँ जम्मा गर्न समय तोकेसँगै समस्यामा परेका तिमल्सिना परिवारलाई क्याप्टेन थापाले नगद दुई लाख रुपैयाँ सहयोग गरेको स्थानीय भीम न्यौपानेले जानकारी दिए । उनका अनुसार क्याप्टेन थापाले तिमल्सिनाको सहयोगका लागि अन्य क्षेत्रमा समेत सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.