ओलम्पिकको पुरस्कार वितरणमा बिहेको प्रस्ताव

ओलम्पिकको पुरस्कार वितरणमा बिहेको प्रस्ताव

एजेन्सीः आफ्नी प्रेमिकालाई बिहेका लागि प्रस्ताव गर्ने सही अवसर कहिले हुन सक्छ ?

चीनका पौडी खेलाडी क्विन काई त रियो दी जेनेरियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको पुरस्कार वितरण समारोहमै आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राखेर रमाइलो समाचारको विषय बनेका छन् । ओलम्पिक खेलकुदअन्तर्गत पौडीको महिला डाइभिङ स्पर्धामा चीनकी ही जीले आइतबार रजत पदक जितेकी थिइन । ओलम्पिक खेलकुदमा पदक जितेको खुसी मनाइरहँदा उनले खुसी हुनुको अर्काे कारण पनि पाइन् ।

जी आफूले जितेको पदक ग्रहण गरेर फर्कंदै थिइन्, अचानक उनका प्रेमी काई उनीतर्फ अघि बढे । त्यसपछि प्रेमी काईले पुरस्कार वितरण समारोहको समाचार संकलनका लागि उपस्थित दर्जनौं सञ्चारकर्मीका अगाडि नै आफ्नी प्रेमिका जीसमक्ष विवाहको प्रस्ताव राखे । पदक लिएर फर्कंदै गरेकी प्रेमिका जीलाई बीचैमा रोकेर काईले आफूले ल्याएको औंठी दिँदै घुँडा टेकेर विवाहको प्रस्ताव राखेका थिए ।

काईको उक्त व्यवहारले रंगशालामा उपस्थित सबैको ध्यान तानेको थियो । त्यसपछि सञ्चारकर्मीका क्यामेराको लेन्स पनि उनीहरूतर्फ नै मोडिएको थियो । रंगशालामा उपस्थित दर्शकले समेत ताली बजाएर उनीहरूलाई साथ दिएका थिए । आफ्नो पूर्वजानकारी बिना नै प्रेमीले सार्वजनिक कार्यक्रममा विवाहको प्रस्ताव गरेपछि जी भने केही लजाएकी थिइन् । केहीबेर अकमक्किएकी जीले प्रेमी काईको प्रस्तावलाई स्वीकार गरेकी थिइन् ।

के तिमी मसँग बिहे गर्छौ, भन्ने काईको प्रस्तावमा जीले ‘यस’ भन्ने जवाफ फर्काएकी थिइन् । केहीबेर रंगशालाको वातावरण नै नै रमाइलो बनेको थियो । काईले प्रेमीका जीलाई विवाहका लागि प्रस्ताव राख्दा टेलिभिजनहरूले पदक वितरण समारोहको प्रत्यक्ष प्रसारण गरिरहेका थिए । टेलिभिजनहरूले काईको प्रस्ताव र जीको स्विकारोक्तिलाई समेत प्रसारण गर्न भ्याए ।

जीले आइतबार महिलातर्फको तीन मिटर स्प्रिङबोर्ड स्पर्धामा रजत पदक जितेकी थिइन् । काईले पनि जारी ओलम्पिकमा पुरुषतर्फको तीन मिटर सिन्क्रोनाइज्ड स्प्रिङबोर्ड स्पर्धामै कांस्य पदक जितेका थिए । जीले आफू पछिल्लो ६ वर्षदेखि काईसँगको प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन् ।

यद्यपि काईले रियो ओलम्पिकका क्रममा आफूलाई यसरी बिहेको प्रस्ताव राख्लान् भनेर आफूले नसोचेको जीले बताइन् । ‘हामी पछिल्लो ६ वर्षदेखि प्रेम सम्बन्धमा छौं तर, काईले यसरी बिहेको प्रस्ताव राख्लान् भनेर मैले सोचेकी थिइनँ’, जीले भनिन्, ‘उनले मलाई धेरै कुरा भनेका छन् । धेरै वाचा पनि गरेका छन् । ती वाचाभन्दा पनि महŒवपूर्ण कुरा म उनलाई जीवनभर विश्वास गर्न सक्छु ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.