चरेस उद्योगमा प्रहरीको छापा

चरेस उद्योगमा प्रहरीको छापा

वीरगन्जःप्रहरीले चरेस बनाउने उद्योगमा छापा मारेर ठूलो परिमाणमा चरेससहित एकजनालाइ पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाविस १ को घाघी खोलाछेउमा सञ्चालित चरेस उद्योगमा प्रहरीले मंगलबार साँझ छापा मारेर चरेस बनाउँदै गरेको अवस्थामा पटेर्वा सुगौली गाविस १ का ५० वर्षीय रामचन्द्र पासवानलाई पक्राउ गरेको हो ।

छापा मार्ने क्रममा प्रहरीले चरेस बनाउने उद्योगबाट दुई बोरामा रहेको ४५ केजी तयारी चरेस, चरेस बनाउने मेसिन पाँच थान, ना ३७ प ६७०५ नम्बरको मोटरसाइकल, ढक, तराजु, रिन्चीलगायतका उपकरण पनि बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले चरेस बनाउने उद्योगमा छापा मारेको हो ।

घाघी खोलाको नजिक फुसको छाप्रोमा चरेस उत्पादन गर्ने धन्दा भइरहेको सूचना पाएपछि प्रहरीले मंगलबार साँझ छापा मारेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

प्रहरीले छापा मार्ने क्रममा अरू पनि व्यक्ति छाप्रोमा भए पनि उनीहरू भाग्न सफल भएको र पासवान मात्रै पक्राउ परेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

मकवानपुर र धादिङमा उत्पादित चरेसको कच्चा पदार्थ पटेर्वासुगौलीमा ल्याएर कारोबारीले प्रशोधन गरी तयारी चरेस भारतका विभिन्न स्थानमा पुर्‍याउने गरेका थिए । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.