पेट घटाउन सुत्नुअघि अपनाउनुहोस पाँच तरिका

पेट घटाउन सुत्नुअघि अपनाउनुहोस पाँच तरिका

दुब्लो पातलो व्यक्ति सँधै मोटाउन के गर्नुपर्छ भनेर चिन्तामा परिरहेको हुन्छ भने मोटा व्यक्ति कसरी घट्ने भन्ने चिन्तामा हुन्छ । सहरिया व्यस्त जीवनशैली बिताईरहेका नागरिकका लागि दैनिक शारिरीक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पुर्‌याउन सकिरहेको हुँदैनन् । 


ठूलो पेटले देख्दा भद्दा देखिनेमात्र होइन् विभिन्न रोग पनि भित्र्याइरहेको हुन्छ । त्यसैले ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी पाँच तरिका अपनाउनुभयो भने तपाईंलाई केही राहत अनुभूति हुनेछ ।

सुत्नुभन्दा दुई घण्टा अघि खाना खानुहोस्

ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ ।

खाना अघि सुप खाने

हामीले बिहान र बेलुका खाना (दाल, भात, तरकारी) खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सुप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ ।

खुर्सानी खानुहोस्

खुर्सानीले शरीरमा भएको बोसो कम गराउने भएकाले साँझको खानामा खुर्सानी खानु पेट घटाउनका लागि लाभदाय मानिन्छ । त्यसैले बेलुकाको खाना खाँदा सकेसम्म पीरो खुर्सानी खाने बानी गर्नुहोला ।

ग्रीन टी पिउनुहोस्

धेरै ग्रीन टी पिउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन । यद्यपी बेलुका खानापछि एक गिलास ग्रीन टी पिउनुभयो भने त्यसमा भएको मोटोपन घटाउने तत्वले तपाई सुतेको अवधिभर काम गर्ने भएकाले पेट घटाउन सहयोग पुग्छ ।

तनाव नियन्त्रण

तनावले मानिसलाई रोगी बनाइरहेको हुन्छ । त्यसैले दिनभर तपाईं तनावपूर्ण काम गर्नुहुन्छ भने पनि बेलुका सुत्नेबेला आफूलाई सहज बनाएर शान्त भएर सुन्तुहोस् । जसले तपाईंको मोटोपनालाई नियन्त्रण गर्नेछ ।

मोटोपना अव्यवस्थित खानपिन तथा शारिरीक कसरतको अभावमा बढ्ने भएकाले तपाईले खानपिनलाई व्यवस्थित बनाउनु आवश्यक छ भने स्वस्थ रहन शारिरीक कसरतको पनि आवश्यकता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.