बाढीले सेती बाँध भत्कायो

बाढीले सेती बाँध भत्कायो

पोखराः चिनियाँ सरकारले पोखरा र लेखनाथ नगरपालिका क्षेत्रको सिँचाइका लागि निर्माण गरेको सेती बाँध मंगलबार राति भत्किएको छ ।

जीर्ण अवस्थामा रहेको ८० मिटर लामो बाँधको बेलैमा मर्मतसम्भार नहुँदा दस मिटरको एउटा ब्लक भत्किएको छ । ब्लक भत्किँदा सिँचाइ सुविधा र विद्युत् उत्पादन बन्द भएको छ । बाँध भत्किएकाले सिँचाइ र विद्युत् उत्पादनका लागि लगिएको पानी पूरै सेतीमा बगेको छ । पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाको एक हजार २० हेक्टर जमिनमा गरिएको सिँचाइ अवरुद्ध भएको छ ।

सेती नहरको पानीबाट नेपाल विद्युत् प्राधिकरणले १.५ मेगावाट बिजुली उत्पादन गरेको छ । त्यस्तै टाक्स हाइड्रो पावरले १ मेघावाट विद्युत् उत्पादन गरेको जानकारी नेपाल विद्युत् प्राधिकरण सेतीफेवा जलविद्युत् केन्द्र पोखराका निमित्त प्रमुख इन्जिनियर जीवन कार्कीले दिए ।

सेती नहरको पानीबाट दुई छुट्टाछुट्टै योजनामा कुल २.५ मेघावाट विद्युत् उत्पादन भइरहेको तर बाँध भत्केपछि विद्युत् उत्पादन र सिँचाइ सुविधा पूर्ण रूपमा बन्द भएको उनले बताए । विद्युत् उत्पादन बन्द हुँदा दुई योजनाबाट दैनिक करिब ८ लाख नोक्सान हुने उनको भनाइ छ । नहरमा पानी चलाउन नसकेमा धान र तरकारी उत्पादनमा पनि नोक्सान पर्ने भएकाले छिट्टै मर्मत थालिने कार्कीले बताए ।

२०४१ सालमा निर्माण भएको सेती बाँध त्यसपछि मर्मत नहुँदा जीर्ण भएको थियो । सेती बाँध पुनस्र्थापना गर्न २८ करोडको लागत स्टिमेट गरी २०७३ साल साउनमा क्षेत्रीय सिँचाइ कार्यालयमार्फत मन्त्रालयमा पठाइएको जानकारी सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर गोविन्द भुर्तेलले दिए । बाँध भत्किएकाले पुनः स्टिमेट गरी विभागमा पठाएर पुस्र्थापनाका लागि छिटोभन्दा छिटो टेन्डर आह्वान गरिने उनले सुनाए ।

सेती बाँध र नहर जीर्ण भएपछि सिँचाइ विकास डिभिजन कार्यालय, क्षेत्रीय सिँचाइ कार्यालयमा मर्मतसम्भारका लागि सात वर्षदेखि ताकेता गर्दा पनि बेलैमा मर्मत नगरिँदा यो समस्या आएको सेती सिँचाइ जल उपभोक्ता समितिका सहसचिव कृष्णप्रसाद गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.