इक्वेडर निर्वाचनमा ७० राजनीतिक सङ्गठनले भाग लिने

इक्वेडर निर्वाचनमा ७० राजनीतिक सङ्गठनले भाग लिने

क्वेइटो: इक्वेडरमा सन् २०१७ को फेब्रुअरीमा हुने भनिएको निवार्चनमा ७० वटा राजनीतिक दलहरु सहभागी हुने भएका छन्। निर्वाचनका लागि ती दलहरु दर्ता गरेको इक्वेडर राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले जानकारी दिएको छ।

उक्त समयमा राष्ट्रपतीय र विधान सभाको निर्वाचन हुन लागेको हो। सीएनइका अनुसार १६ वटा राष्ट्रिय, सात क्षेत्रीय राजनीतिक दल र ५४ वटा प्रान्तीय सङ्गठन सो निर्वाचनमा सहभागीताका लागि दर्ता गराएको जनाइएको छ।सन् २०१७ मा हुन लागेको यस निर्वाचनमा नयाँ राष्ट्रपति, उपराष्ट्रपतिको चयन हुनेछ। त्यसैगरी १३७ राष्ट्रिय र प्रान्तीय सदस्यहरुको निर्वाचन हुने भएको छ।

उम्मेदवारहरुले आगामी नोभम्बर १९ सम्ममा आफ्नो उम्मेदवारी दर्ता गराउनुपर्ने र उम्मेदवार कुनै न कुनै राजनीतिक दलसँग आवद्ध हुनुपर्ने छ।

वर्तमान राष्ट्रपति राफेल कोरियाले उहाँ पुनःराष्ट्रपतिको उम्मेदवार नबन्ने निर्णय बिहीबार गरेका छन्। कोरियाले १० बर्ष राष्ट्रपतिको पद सम्हालिसकेका छन्। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.