एकैघरका तीन जनालार्इ भारतीयले बनाए अवैध रुपमा धर्मपुत्रपुत्री
कञ्चनपुर: अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो।
चनियाले बालबालिकाका बुबा दानबहादुरले नै धर्मपुत्रपुत्री बनाउन दिएको जिकिर गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिए।
चनियाकी दिदी खट्टीले चनिया र गङ्गाराम रानाले पढाइ दिने आश्वासन दिएर बालबालिकालाई भारत लगेको प्रहरीमा उजुरी दिएका छन्। उजुरी परेपछि प्रहरीले चनिया र गङ्गारामको खोजी गरेको छ।
चनिया प्रहरीको सम्पर्कमा आए पनि गङ्गाराम आएका छैनन्। निवेदनपछि जिल्ला प्रशासन कार्यालयले बालबालिकालाई भारततर्फ लग्ने कार्यमा संलग्न भएको अभियोग लागेकाहरुलाई पक्राउ गर्न निर्देशन दिएको थियो। रासस
प्रतिक्रिया दिनुहोस !