‘चीन र भारतसँगको सन्तुलित सम्बन्ध सरकारको प्रमुख प्राथमिकतामा’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संघर्ष सुशासन, समृद्धि र विकास लागि हुनुपर्ने बताएका छन्।
पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधि मण्डलसँग बालुवाटारमा आइतबार बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘ठूला–ठूला बलिदानी र संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधान बन्यो। अबको हाम्रो संघर्ष सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो। सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन।’
भेटमा प्रधानमन्त्रीले ‘मधेस–पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पुनर्निर्माणको दिशामा देशलाई डोर्याउनु आफ्नो प्राथमिकता रहेको बताए।
चन्द्र ढकालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनौतिपूर्ण क्षणमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !