उद्योगपति विनोद चौधरी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

उद्योगपति विनोद चौधरी  अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौंः चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी अमेरिकामा ‘एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा अगष्ट १७ देखि १९ सम्म आयोजित मानवता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले चौधरीलाई ‘एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मान गरेको हो। चौधरीलाई नेपालमा गएको विनाशकारी भूकम्पपश्चात परोपकारी कामको गरेको भन्दै सम्मान गरिएको हो। 

चौधरी फाउन्डेसनले २०७२ को विनाशकारी भूकम्पपश्चात नेपालमा विविध मानवीय कार्यहरु सञ्चालन गरेको थियो। चौधरी ग्रुपले भूकम्पपछि पीडितलाई राहत वितरण गर्नुका साथै भूकम्पप्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरेको थियो।

‘वी केयर फर हृयुम्यानिटी’ले नामक संस्थाले न्यूयोर्कमा गरेको तेस्रो शिखर सम्मेलनमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई पनि सम्मान गरेको थियो। रेग्मीलाई ‘एसिया डिग्निटेरी म्यान अफ द इयर’ नामक अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.