चितुवाको आक्रमणवाट बालिकाको मृत्यु

चितुवाको आक्रमणवाट बालिकाको मृत्यु

बैतडी: बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। चितुवाको अाक्रमणमा परि उदयदेव–९ मकैल ब्याल्धमका हिरा चन्दकी छोरी ६ वर्षीया चञ्चला चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ आँगनमा खेलिरहेकी बालिकालार्इ  नरमंसी चितुवाले एक्कासि आक्रमण गरेको थियो। आक्रमणपछि बालिकालाई चितुवाले लगेको र खोजतलास गर्दै जाँदा घरबाट करिब ४०० मिटर टाढा भिटा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा बालिका मृत भेटिएको प्रहरीले जनाएको छ।

बैतडीको तल्लोस्वराडमा अघिलेसम्म चितुवाको आक्रमणबाट २० जनाभन्दा बढीको मृत्यु भइसकेकाे छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.