गाईजात्रामा देशभर सार्वजनिक बिदा दिन सांसदहरुको माग

गाईजात्रामा देशभर सार्वजनिक बिदा दिन सांसदहरुको माग

काठमाडौं: सांसदहरुले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गरेका छन्।

व्यवस्थापिका–संसद्को अाइतबारको बैठकको शून्य समयमा बोल्ने सा‌ंसदहरुले गार्इजात्राका दिन उपत्यकामा मात्रै नभइ देशभर सार्वजनिक विदा दिन माग गरेका हुन्।

यस्तै सून्य समयमा बोल्ने सांसदहरुले बझाङ, चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैगरी बाँकेका १२ गाविस राप्ती नदीको कटानको उच्च जोखिममा रहेको, बिपी राजमार्गका सडक दुर्घटना रोक्न, पर्वतमा महिला हिंसा रोक्न, तीजमा तडकभडक र देशभर फैलिएको ज्वरोको भाइरल रोक्न पनि माग गरिएको थियो।

शून्य समयमा सांसदहरु केशरी घर्तीमगर, केशवप्रसाद बडाल, केदारप्रसाद सञ्जेल, कान्ता भट्टराई, कल्पना शर्मा जोशी, कमलाकुमारी, देवराज भार र अखिलाल ओखेडाले बोलेका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.