विवाह समारोहमा बम विष्फोट, मृत्यु हुनेको संख्या ५० पुग्यो
टर्की: टर्कीको घाजियान्टेप सहरमा एक विवाह समारोह भइरहेका बेला भएको आत्मघाती बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ५० पुगेको छ। उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्।
तर यो आत्मघाती बम आक्रमणकारी इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गरेका छन्। घाजियान्टेपका गभर्नर अलि येर्लिकायाद्वारा प्रकाशित एक विज्ञप्तिमा विवाह समारोह लक्षित यस बिभत्स आतङ्ककारी आक्रमणमा परी मारिनेको सङ्ख्या ५० पुगेको पुष्टि गरे। ।
सुरुमा उनले आक्रमणमा परी मारिने सङ्ख्या कम्तीका ३० हुनुका साथै अन्य ९४ जना घाइते भएका जानकारी दिएका थिए। रासस÷एएफपी
प्रतिक्रिया दिनुहोस !