कोरला नाका पुनः सञ्चालनमा

कोरला नाका पुनः सञ्चालनमा

 

म्याग्दी: चीनसँगको कोरला नाका पुनःसञ्चालन भएको छ। चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो। मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ।

उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच वर्षको दुई पटक कोरला नाका खुलाइ व्यापार मेला सञ्चालन गर्ने परम्पराअनुसार मेला सुरु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए।

वर्षमा दुईपटक आलोपालो गरी चीन र नेपालको भूमिमा व्यापार मेला सञ्चालन गर्ने सहमति भए तापनि यसवर्ष दुई पटक नै चीनको भूमिमा मेला सञ्चालन भएको छ। यस वर्षको गत असार महिनाको १ गतेदेखि २५ गतेसम्मका लागि सञ्चालन भएको व्यापार मेला चीनले सुरक्षा चुनौती देखाउँदै पूर्वनिर्धारित समयभन्दा १० दिनअघि नै बन्द गरेको थियो। अहिले कोरला नाकादेखि करिब १० किलोमिटरभित्र चीनको ढोङवासेन जिल्लाको ढोकोमोलोमा व्यापार मेला सञ्चालन भइरहेको लोमान्थाङका गाविस सचिव घ्यूर्मी आङग्याल विष्टले जानकारी दिए। 

हिउँद याममा हिउँकै कारण स्थानीयवासीलाई हिँडडुलमा समस्या हुने हुँदा अहिले नै नाका खोली व्यापार मेला सञ्चालन गरिएको विष्टको भनाइ छ। वर्षको दुईपटक हुने व्यापार मेलामा दुई देशका व्यापारीले आफूलाई चाहिने एक वर्षका लागि मालसामान खरिदबिक्री गरेर राख्ने गरेका छन्। बर्सेर्नि असार र भदौमा दुई देशबीच व्यापार मेला हुँदै आएको छ।

व्यापार मेलामा स्थानीय व्यापारीले दैनिक उपभोग्य वस्तु, बियर, रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, विद्युतीय सामान लगायतका वस्तु आयात र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पस्मिना (ऊन) लगायत स्थानीय उत्पादन निर्यात गर्ने गरेका छन् । व्यापार मेलामा चीनसँगको कोरला नाका खुलाई चिनियाँ र नेपाली निर्वाधरुपमा आवतजावत गर्छन् । मेला आगामी दुई हप्तासम्म सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.