उपभोक्ताको मन जित्दै सिजी ब्राण्ड

उपभोक्ताको मन जित्दै सिजी ब्राण्ड

काठमाडौं: इलेक्ट्रोनिक्स सामानमा उपभोक्ताहरुको जीवनशैली सरल र सहज बनाउँदै परिवतर्न गराउन सफल भएको सिजी ब्राण्डले उपभोक्ताहरुको मन जित्दै जान थालेको छ ।

६३ सालमा दुईवटा मोडल सिटीभी र डिभीडीबाट शुरु भएको सिजी ब्राण्डले हालसम्म २५ वटा उत्पादनसहित एक सयभन्दा बढी मोडलहरुमा विस्तार गरी ग्राहकहरुको मन जित्न सफल भएको हो ।

त्यहि उत्पादन र मोडलका कारण उपभोक्ताहरुको पहिलो रोजाई बन्दै गएको सिजी ब्राण्ड हरेक उपभोक्ताहरुको घरमा आवश्यकता बन्दै गएको छ । १० वटा आफ्नै सर्भिस सेन्टरसहित मेचीदेखि माहाकालीसम्म ३० सर्भिस सेन्टरमार्फत सिजीले नेपालभर सेल्स पछि सर्भिस दिएको छ । पछिल्लो समय ग्राहकहरुको आर्कषण सिजी ब्राण्ड बन्दै गएको प्रोपाईटर विष्णुओम पोटेले बताए ।

नेपाल टेलिभिजनको स्थापना पछि सन् १९८० मा पहिलो पटक नेपाली बजारमा चौधरी ग्रुपले तोसिबा, गोल्डस्टार टिभीलगायत विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स् सामानहरु ल्यायो । जब नेपाली बजारले सकारात्मक पाईलाहरु अगाडि बढाउँदै गयो अनि केबल टिभीको ब्यवसायिक विस्तार हुन थाल्यो

एलजीसँगको सम्बन्धबाट हासिल गरको अनुभव संगाल्दै आफ्नै नेपाली इलेक्ट्रोनिक्स्का सामानहरुको निमार्ण गर्ने उदेश्यका साथ नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीको सुरुवात भएको थियो । सिजीले पहिलो पटक जापानको अल्ट्रा वान चिप टेक्नोलोजि प्रयोग गरेर टिभी बनाएको थियो ।

सिजीले ६५ जिल्लामा प्रत्यक्ष कारोबार गर्दै नेपालभर कारोबार सञ्जाल विस्तार गरी तीन सयजना व्यापारिक साझेदार बनाएको छ ।

सिजी ब्राण्ड अन्तर्गत अहिले सिजी स्मार्ट टिभी, एलईडि टिभी, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, एयर कन्डिसन, माइक्रोवयभ ओभन, लगाएत साना विद्युतिय घरेलु सामान छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.