एप्पलले कर छल्यो, १३ अर्ब यूरो फिर्ता गर्नुपर्ने

एप्पलले कर छल्यो, १३ अर्ब यूरो फिर्ता गर्नुपर्ने

ब्रसेल्सः अमेरिकी कम्पनी एप्पललाई कर छलिको आरोप लागेको छ । कर छलेको आरोपमा यूरोपिएन यूनियनले एप्पललाई १३ अर्ब यूरो रकम फिर्ता गर्नुपर्ने बताएको छ । एप्पलले आयरल्याण्डलाई उक्त रकम फिर्ता गर्नुपर्ने यूनियनले जनाएको छ ।

इयूले आएरल्याण्डद्वारा अमेरिकी कम्पनी एप्पललाई बुझाएको राजस्व इयू सदस्य सहयोग नियम विपरीत भएको जनाउँदै सो रकम फिर्ता हुनुपर्ने दाबी गरेको हो ।

यूरोपेली आयोगले आएरल्याण्डद्वारा एप्पल कम्पनीलाई बुझाएको करको फाइदा आवश्यक भन्दा बढी भएको र अमेरिकी प्रसिद्ध इलेक्ट्रोनिक कम्पनी एप्पलद्वारा १३ अर्ब यूरो फिर्ता गर्नुपर्ने देखिएको ठहर गर्दै फिर्ता गर्न भनी एक विज्ञप्तिद्वारा आग्रह गरिएको छ ।

एप्पलले अन्य व्यापारिक कम्पनीको तुलनामा आएरल्याण्डलाई कम कर तिरेको पाइएको र यो इयू सदस्य राष्ट्रको नियम विपरीत भएको दाबी विज्ञप्तिमा गरिएको छ ।

आएरल्याण्डले सन् २००३ देखि सन् २०१४ सम्म एप्पललाई १३ अर्ब यूरो बढी बुझाएको र अब एप्पलले सो रकम ब्याजसहित फिर्ता गर्नुपर्ने यूरोपेली यूनियनका कमिश्नर माग्रेट भेस्टागरले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.