संसदबाट चार विधेयक पारित
काठमाडौं: व्यवस्थापिका–संसदले चारवटा विधेयक पारित गरेको छ।
बिहीबार बसेको संसद बैठकले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयकबाहेक, लेखापरीक्षण पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७३ लाई बहुमतले पारित गरेको हो।कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक भने संसदले सर्वसम्मतिबाट पारित गरेको थियो।
संसद् बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले चारवटा विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। ।संसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महराले दिएपछि वैठकले विधेयक पारित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !