माओवादी नेताले माइन्युट च्याते

माओवादी नेताले माइन्युट च्याते

लिबाङः माओवादी केन्द्र रोल्पा जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगर (ध्रुव) ले स्थानीय तह पुनर्संरचना प्रावधिक सहयोग समितिको निर्णय पुस्तिका च्यातेका छन् । समितिको शनिबार विहान बसेको वैठकमा संयोजक धु्रवले स्थानीय तहको पुन संरचनाको विषयमा चित्त नबुझेपछि निर्णय पुस्तिका च्याँतेका हुन् ।

भदौ १३ गते सहयोग समितिले दलीय सहमतिमा पाँचवटा गाउँपालिका वनाउने निर्णय गरेको थियो । पुनर्संरचना आयोगले भने जिल्लाबाट साविकको नगरपालिका सहिति सात वटा स्थानीय इकाइको खाका पठाउन भनेको थियो । साउन २६ गते जिल्ला तहको सहयोग समितिले एक नगरपालिका र ६ वटा गाउँपालिकाको प्रस्तावित खाका सार्वजनिक गरेको थियो ।

केही दलका नेताले आफैंले गरेको निर्णयका विपक्षामा उभिएपछि सहयोग समितिले थप सहमतिका लागि शुक्रबार दिउँसो वोलाएको दलीय वैठकमा सहमति जुत्न सकेको थिएन । शनिबार विहान पुनः बैठक डाकिएको थियो । वैठकमा सहभागी भएपछि सहयोग समितिको निर्णय पुस्तक अध्ययन गर्ने भन्दै निर्णय पन्ना नियाल्दै गरेका माओवादी केन्द्रका संयोजक धु्रवले एक्कासी पन्ना च्यातेर भुँइमा फालिदिए ।

'प्राविधिक सहयोग समितिले म्याडेट अनुसारको खाका पठाउँछ । सात भन्दा बढि जिल्लामा आवश्यक गाउँपालिको दलीय सहमतिमा पुनः सच्याएर निर्णय गरौं भनेको थिएँ । कुरा नमिलेपछि निर्णय गरिएका तीनवटा पन्ना च्याटिदिएँ ।', संयोजक नेता ध्रुवले पत्रकारहरुसँग भने ।

संयोजक ध्रुवले निर्णय पुस्तिका च्यातेपछि वैठक स्थगित भएको थियो । सामान्य छलफलकै क्रममा उनले निर्णय पुस्तिका च्याँतेको वैठकमा सहभागी कांग्रेसका नेता लेखमणी डाँगीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.