‘छक्कापञ्जा’मा वैदेशिक रोजगारीको मार्मिक कथा

‘छक्कापञ्जा’मा वैदेशिक रोजगारीको मार्मिक कथा

काठमाडौँ: चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाएको नेपाली चलचित्र ‘छक्कापन्जा’ शुक्रबार देशभर प्रदर्शन हुँदैछ।

निरौलाले पहिलो पटक निर्देशन गरेको यो बहुप्रतीक्षित चलचित्रमा निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् ।

सफल हास्य टेलिशृङ्खला ‘तितो सत्य’का निर्देशक गिरी अहिलेसम्मको अग्रिम बिक्री र दर्शकको उत्साह हेर्दा चलचित्र सफल हुने विश्वास व्यक्त गर्छन्  । उनले भने, ‘भोलि (शुक्रबार)का लागि करिब ६० प्रतिशत टिकट आजै बिक्री भइसक्यो ।’

उनका अनुसार चलचित्रले वैदेशिक रोजगारीको मार्मिक कथालाई हास्यरससहित सामान्य नेपालीले बुझ्ने गरी प्रस्तुत गरेको छ ।

यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित बनिसकेको छ । चलचित्र गिरी, निरौला र निर्मल शर्मासहितको हास्यकलाकारको टोलीले निर्माण गरेको हो ।

चलचित्रमा गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले अभिनय गरेका छन् ।

यसअघि सोही टोलीले बनाएका चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ले सफलता पाइसकेकाले यो पनि सफल हुने अनुमान चलचित्र समीक्षकले गरेका छन् ।

चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, विपीन मल्लको सम्पादन तथा दीपक शर्मा र राजनराज शिवाकोटीको सङ्गीत छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.