घरको फोहोर बिक्री गर्न बन्यो मोबाइल एप्स

घरको फोहोर बिक्री गर्न बन्यो मोबाइल एप्स

तपाईंको घरमा फोहोर थुप्रिएको हप्तौं बित्दा पनि फोहोर लिन आउने गाडी नआएर हैरान हुनुहुन्छ ? अब केही समय कुर्नुस्, तपाईंले घरको फोहोर व्यवस्थापनका लागि कुनै चिन्तै लिनु पर्ने छैन । यसअघि फोहोर लिन आउने संस्थालाई फोहोर उठाए बापत मासिक शुल्क तिर्दै आउनु भएको थियो भने त्यो पनि अब पर्ने छैन । बरु उल्टै तपाईंले फोहोरको मूल्य पनि पाउनु हुनेछ ।

ब्लु बेस्ट संस्था अन्तर्गतको ब्लु टेक्नोलोजीले राजधानीलगायत मुलुकका प्रमुख सहरलाई लक्षित गरी फोहोर व्यवस्थापनका लागि मोबाइल एप्स ल्याउँदै छ ।

'Kabaadi at your door step' नामक एप्समार्फत तपाईंले आफ्नो घरबाट निस्केको फोहोर सहज रुपमा बिक्री गर्न सक्नु हुने छ । यो एप्सले तपाईंको घर नजिकैको कवाडी डिलरबारे जानकारी दिने छ । उक्त जानकारी अनुसार नजिकैको कवाडी डिलर छनोट गरी तपाईंले आफ्नो घरबाट निस्केको फोहोरबारे उल्लेख गरेर जानकारी पठाएपछि तपाईंकै घरमा फोहोर लिन मान्छे आइपुग्ने छन् ।

एप्समार्फत तपाईंले फोहोरबारे जानकारी गराएको २४ घण्टा भित्र तपाईंको घरमा फोहोर संकलन गर्न नजिकैको कवाडी डिलरबाट मान्छे आइपुग्ने छन् ।

एप्समार्फत घरबाट उत्पादन भएका फोहोर जस्तै, कागज, प्लाष्टिक, फलामलगायतका सामाग्रीहरु तपाईंले बिक्री गर्न सक्नु हुने छ । एप्समा तपाईंले फोहोरको तौल र त्यसको प्रकारसमेत छुट्याएर जानकारी दिने बित्तिकै तपाईंले त्यस बापत पाउने रकमबारे पनि थाहा पाउनु हुनेछ ।

यसका लागि तपाईंले गुगल प्ले स्टोरमा गई यो एप्स डाउनलोड गर्नु पर्नेछ । साथै, फोहोरबारे जानकारी दिनेक्रममा तपाईंले आफ्नो सम्पर्क नम्बर पनि राख्नु पर्नेछ । जसले फोहोर लिन आउने मान्छेलाई तपाईंको घरसम्म पुग्न मद्दत गर्ने छ ।

प्रविधिको यो युगलाई सबै क्षेत्रले भरपुर उपयोग गरिरहेको अवस्थामा आफुहरुले पनि फोहोर व्यवस्थापनमा मोबाइल एप्स नै तयार गरी नेपालमै पहिलो प्रयोग गर्न लागेको ब्लु बेस्टका प्रोजेक्ट म्यानेजर आशिष खनालले जानकारी दिए ।

यो एप्सलाई समिर श्रेष्ठ, अनिल श्रेष्ठ र सुरज जैसवालको युवा समूहले तयार गरेको हो । एप्स निर्माणको सम्पूर्ण तयारी पूरा भएको र केही प्राविधिक तयारी पूरा गरी अबको एक महिना भित्रमा सार्वजनिक गर्ने योजना रहेको जैसवालले जानकारी दिए ।

यस किसिमको मोबाइल एप्सको प्रयोग नेपालमा पहिलो भएपनि विकसित मुलुकहरुमा भने धेरै पहिलेदेखि नै प्रभावकारी रुपमा सञ्चालनमा आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.