८ दिनभित्र माग पूरा नभए डा. केसी फेरि अनशन बस्ने

८ दिनभित्र माग पूरा नभए डा. केसी फेरि अनशन बस्ने

काठमाडौंः शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न सरकारलाई ८ दिने अल्टिमेटम दिँदै फेरि अनशन बस्ने घोषणा गरेका छन्।

शिक्षण अस्पतालका चिकित्सक केसीले आफूले शनिबार विज्ञप्ति जारी गरी आफूले अघि सारेका माग आगामी असोज २ गतेसम्म पूरा नभएमा पुनः अनशन बस्ने घोषणा गरेका हुन्। असोज २ गतेसम्म पनि आफ्ना माग सरकारले सम्बोधन नगरे असोज ३ गतेदेखि नवौँ पटक आमरण अनशन बस्ने केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘विभिन्न षडयन्त्र र चलखेल रोक्न तथा हालसम्म भएका सबै सम्झौताहरु अविलम्ब इमान्दारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई हामीले आगामी २ गतेसम्मको अल्टिमेटम दिन चाहन्छौं। अहिले भइरहेका चलखेल रोकेर हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्ने तथा लोकमानसिंह कार्की र राजनारायण पाठकमाथि महाभियोग प्रक्रिया अघि बढाउने लगायत पछिल्लो सम्झौताको सबै बुँदाहरु अक्षरशः कार्यान्वयन नगरिए असोज ३ गतेदेखि पुनः आमरण अनशन बस्ने घोषणा गर्दछु,’केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चिकित्सा शिक्षा ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने सम्झौता उल्लघंन गर्न षड्यन्त्र भइरहेको पनि केसीले बताएका छन्। केसीले जारी गरेको विज्ञप्तिमा नयाँ शिक्षा ऐन नआउन्जेल थप मेडिकल कलेजलाई सम्बन्धन नदिने सम्झौता विपरीत एउटा मेडिकल कलेजलाई सम्बन्धन दिलाउन चललखेल भइरहेको उल्लेख छ।

उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेज नखोल्ने नभनेर सरकारले स्वीकारिसकको मान्यतालाई कुल्चेर एक नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिलाउन अहिले चलखेल भइरहेको केसीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.