भारतीय सेनाको लडाकु जहाज खस्यो, पाइलटहरु बाँचे
भदौ २५, २०७३ शनिबार १५:४१:०
भारत : भारतीय वायुसेनाको लडाकु जहाज शनिबार दुर्घटनाग्रस्त भएको छ।
राजस्थानको बार्मर क्षेत्रमा जहाज खसे पनि पाइलट र कोपाइलट भने सुरक्षित रहेको जनाइएको छ। तालिमकै क्रममा रहेको जहाज एउटा स्कूल नजिकैको खाली ठाउँमा बजारिएको थियो। एजेन्सी