प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक गर्ने
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सर्वदलीय बैठक गरी भारत भ्रमणका एजेन्डाका बारेमा जानकारी गराउने भएका छन् । सबै दललाई बोलाएर छलफल गरी भारत भ्रमणका एजेण्डा तयार पार्न प्रधानमन्त्रीले सर्वदलीय बैठक गर्न लागेका हुन् ।
व्यवस्थापिका संसद अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा भारत भ्रमणका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीले २८ गते मंगलबार सर्वदलीय छलफल गर्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणको एजेण्डा सार्वजनिक गर्न माग गरेको छ । शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस !