भूकम्पपीडितले अझै राहत नपाएको सांसदहरुको गुनासो

भूकम्पपीडितले अझै राहत नपाएको सांसदहरुको गुनासो

काठमाडाैं:  व्यवस्थापिका–संसद्को शून्य समयमा बोल्ने सांसदहरुले भूकम्पपीडित जनताले सहज रुपमा राहत तथा अनुदान रकम पाउन नसकेकोमा गुनासो गरेका छन्।

स्थानीय तथा राष्ट्रिय समस्या बारे सदनलाई जानकारी गराउँदै उनीहरुले भूकम्पपीडितको लाभग्राही सूचीमा अझैपनि पीडित व्यक्ति छुटेकाले त्यस्ता व्यक्तिलाई तत्काल राहत रकम उपलब्ध गराउन र सुकुम्बासीे समस्या सम्बोधन गर्न सरकारसंग आग्रह गरेका छन्।

धादिङ, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लामा भूकम्पपीडितको लाभग्राही सूचीमा करिब ४० प्रतिशत पीडित छुटेको भन्दै उनीहरुलाई तत्काल सूचीमा राखेर पहिलो किस्ताको रकम दिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराए। 

यस्तै सांसदहरुले मुग्लिन–नारायणगढ राजमार्ग विस्तारको नाममा यात्रुले हैरानी भोगिरहेको र नजिकदो चाडपर्वको समयमा थप हैरानी बेहोर्नुपर्ने अवस्था आएकाले यो समस्यालाई तत्काल समाधान गर्न जोड दिए। 

शुक्लाफाँटा आरक्ष विस्तार हुँदा स्थानीय पीडित भएकाले उनीहरुलाई तत्काल राहत दिन र गल्छी– रसुवागढी सडकखण्ड विस्तारमा भइरहेको ढिलाइप्रति पनि उनीहरुले सदन मार्फत सरकारको ध्यानाकर्षण गराए। 

स्थानीय पुनःसंरचना आयोगले प्रस्ताव गरेको पुनः संरचनाको प्रस्ताव व्यवहारिक नभएकाले त्यसले स्थानीय तहमा विवाद बढाएको र स्थानीय जनतालाई सेवा दिने भन्दा दुःख दिने मनसायले उक्त प्रस्ताव आएकोे सांसदहरुको भनाइ छ।

यसरी धारणा राख्नेमा कृपाराम राना, कृष्णप्रसाद पौडेल, गणेश पहाडी, गीता वाग्ले, गुरुप्रसाद बुर्लाकोटी, चन्द्रकान्त भण्डारी, चुडामणि विक जङ्गली, जनार्दन ढकाल, जुठबहादुर खड्गी टुहुरे, तारामान गुरुङ र तुलसा रानालगायत थिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.