‘देश विदेशीको हातमा पुग्ने खतरा बढ्यो’

‘देश विदेशीको हातमा पुग्ने खतरा बढ्यो’

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताएका छन्।

भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको अाइतबार उद्घाटन गर्दै उनले ठूला दलले राजनीतिक स्वार्थ त्याग्न नसक्दा देशमा सङ्कट बढ्दै गएको बताएका हुन्।

बिजुक्छेले निर्माणलगायत विभिन्न क्षेत्रको जिम्मेवारी भारतलाई दिँदा नेपाल भारतको चङ्गुलमा फस्दै गएको आरोप लगाए। उनले भने,‘पुँजीवादी दल विदेशी चङ्गुलमा फस्दै गएका थिए, अहिले सरकारमा सहभागी कम्युनिस्ट भन्ने दलले पनि समाजवाद छाडेर पुँजीवादतर्फ पलायन हुँदा देश झन् खतरामा परेको छ।’

नेपाललाई खतरा हुने कुनै पनि सन्धि सम्झौता सरकारले गर्न नहुनेतर्फ औँल्याउँदै उनले दलले राजनीतिक स्वार्थ त्याग्नुपर्नेमा जोड दिए। विभिन्न दाताबाट सङ्कलन भएको ३१ लाख २९ हजार ८३५ रुपैयाँको लागतमा सत्तल निर्माण भएको समितिले जानकारी दिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.