महिला संघको महाधिवेशनको तयारी पुरा, उद्घाटन भृकुटीमण्डपमा हुने
काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले आफ्नो तेस्रो महाधिवेशनको तयारी पुरा भएको छ।
महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाले आइतबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएकी हुन्। उनले भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा तेस्रो महाविधेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने जानकारी दिइन्।
महिला संघको महाधिवेशनमा करिव २ सय महिला प्रतिनिधि सहभागी हुने प्रवक्ता निर्मला क्षेत्रीले बताइन्। उनले प्रतिनिधिहरुका लागि खानेपानी, बसोबास, स्वास्थ्य परीक्षणदेखि आधारभूत सबै तयारी गरिएको समेत उल्लेख गरिन्।
भदौ ३० गते भृकुटीमण्डपमै बन्दसत्र हुनेछ। भदौ ३१ गते राष्ट्रिय सभा गृहमा मतदान हुनेछ।
प्रतिक्रिया दिनुहोस !