एमालेले सातै प्रदेश कमिटीलाई पूर्णता दियो (सूचीसहित)

एमालेले सातै प्रदेश कमिटीलाई पूर्णता दियो (सूचीसहित)

काठमाडौंः नेकपा एमालेले सातवटै प्रदेश संगठन कमिटीहरुलाई पूर्णता दिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी समितिले अघिल्लो बैठकले निर्धारण गरेका मापदण्डका आधारमा केन्द्रीय संगठन विभागका तर्फबाट गृहकार्य गरी प्रस्तुत गरेका नामहरुलाई अनुमोदन गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

प्रदेश नम्बर १ मा भीम आचार्य संयोजक र शेरधन राई सहसंयोजक रहेको १ सय १ सदस्यीय कमिटी गठन गरिएको छ भने प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१ सदस्यीय कमिटी बनाएको छ।

यस्तैगरी प्रदेश नम्बर ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको १ सय ११, प्रदेश नम्बर ४ मा किरण गुरुङ संयोजक र गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९ तथा प्रदेश नम्बर ५ मा विष्णुप्रसाद पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक रहेको ८० सदस्यीय कमिटी बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए।

यस्तै प्रदेश नम्बर ६ मा युवराज ज्ञवाली संयोजक र यामलाल क“डेल सहसंयोजक रहेको ५२ र प्रदेश नम्बर ७ मा भीमबहादुर रावल संयोजक र कर्णबहादुर थापा सहसंयोजक रहेको ५८ सदस्यीय प्रदेश संगठन कमिटी गठन भएको भट्टराईले जानकारी दिए।

बैठकले विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका मध्ये गोविन्दविक्रम शाह (जाजरकोट), रमेश श्रेष्ठ (सुनसरी) र मोती दुगड (मोरङ) लाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनीत गरेको छ। अर्को बैठक भदौ ३० गते १२ बजे पुनः बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.