पोलियो खुवाउने डाक्टरको गोली हानी हत्या

पोलियो खुवाउने डाक्टरको गोली हानी हत्या

पेसावर (पाकिस्तान) : पाकिस्तानको उत्तरी सहर पेसावरमा अज्ञात बन्दुकधारीको गोली लागी एक जना पोलियो उन्मुलन कार्यक्रमका वरिष्ठ कर्मचारीको मृत्यु भएको प्रहरीले आइतबार बताएको छ ।

पेसावर पोलियो खोप अभियानका सदस्य डा जाकौलाह खानलाई शनिबार साँझ गोली हानी मारिएको थियो । खान आफ्नो घर नजिकै हिंडिरहेका बेला अज्ञात बन्दुकधारीको एक समूह मोटरसाइकलमा आई उहाँमाथि आक्रमण गरेका थिए ।

पाकिस्तानी तालिवान समूहको एउटा समूह जमातुर अहररले खानमाथिको आक्रमणमा आफ्नो संलग्नता रहेको दाबी गरेको छ । उक्त समूहका प्रवक्ता एहसनुल्लाह एहसानले आफ्नो समूहले यस्ता थप आक्रमण गर्ने समेत योजना रहेको एएफपीलाई दिएको सूचनामा बताएका छन् ।

पाकिस्तानी इस्लामिक स्टेट (आईएस) समूहले अमेरिकी जासुसहरु तथाकथित खोप अभियान सञ्चालन गर्ने निहुँमा गाउँगाउँमा पसेका भन्दै सम्पूर्ण खोप कार्यक्रमको विरोध गर्दै आएका छन् ।

उनीहरुले सन् २०११ मा खोप अभियान सञ्चालनको निहुँमा पाकिस्तान पसेका अमेरिकी जासुसी संस्था (सीआईए) का अधिकारीले आफ्नो नेता ओसामा बिन लादेन बसेको ठाउँ पत्ता लगाएको भन्दै समग्र खोप अभियान नै बहिष्कार गर्न अपिल गर्दै आएका छन् ।

तत्कालीन अलकायदा प्रमुख लादेनलाई अमेरिकी फौजले चलाएको कारबाहीमा पाकिस्तानमा मारिएको थियो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.