६ वर्षपछि गंगामायाले अनसन तोडिन्

६ वर्षपछि गंगामायाले अनसन तोडिन्

काठमाडौँः द्वन्द्वकालमा मारिएका आफ्ना छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शैयामै आमरण अनसन बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन् ।

मृतक छोरा कृष्णप्रसादको हत्याका बिषयमा चितवन जिल्ला अदालतले गंगामायाको साक्षी वकपत्र गराउने आदेश दिएपछि कानुनव्यवसायी र मानवअधिकारबादीको राय सल्लाहामा सोमबार साँझ अनसन तोडेकी हुन् ।

‘हत्याका अभियुक्तविरुद्ध चलेको कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतले गंभिरता देखाएर गंगामायाको वकपत्र गराउने आदेश दिएपछि आमरण अनसन तोड्नुभयो । उहाँले झोलिलो सुप पिएर अनसन तोड्नुभएको थियो,’ अनसन तोडाउन सल्लाहका लागि वीर अस्पताल पुगेका अधिवक्ता ओमप्रकास अर्यालले अन्नपूर्णसँग भने, ‘मुद्दामा उहाँसँगै बुझेर निर्णय गर्ने आदेश भएपछि सकारात्मक रुपमा लिनुपर्छ । न्यायका लागि अदालतको सहयोगी बन्नुप¥यो भनेर हामीले सुझाव पनि दियौं ।’

चितवन अदालतका प्रमुख न्यायाधीश टेकनारायण कुँबरको इजलासले यही भदौ २६ गते मुद्दामा गंगामायाको समेत वकपत्र गराउने आदेश दिएको थियो । उक्त आदेश अनुरुप गंगामायाको वकपत्र गराउन असोज २ गते चितवन अदालतका स्रेस्तेदार काठमाडौं आउँदैछन् ।

गंगाामायाले छोराको हत्याका प्रमाण दिने शर्तमा अनसन तोडेकी हुन् । ‘छोराको हत्यारालाई पक्राउ गरी न्याय पाउने आसामा सबैको आग्रह अनुरुप अहिलेलाई अनसन तोडेकी छु,’ अनसन तोड्नेक्रममा उनले भनिन् ।

विगत ६ बर्षदेख अनसन बस्दै आएकी उनी विचमा स्थगन गरी पछिल्लो समयमा पुनः ३२ दिनदेखि आमरण अनसनमै थिइन् । उनका छोरा कृष्णको २०६१ साल जेठ २४ गते चितवनमा माओवादीद्वारा हत्या भएको थियो ।

आफ्नी हजुर आमालाहत्या प्रकरणमा मुद्दा चलाइएका चार अभियुक्तमध्ये गोरखा फुजेलका छविलाल पौडेल र रुद्र आचार्य हालसम्म फरार छन् ।

तत्कालिन गोरखा जनसरकार प्रमुख रहेका पौडेलको निर्देशनमा आचार्यले गोली हानी हत्या गरेको दाबी प्रहरीको छ । आचार्य बेलायतमा लुकेर बसेकाले इन्टरपोलमार्फत झिकाउने प्रयास भइरहेको छ । पौडेलका बिषयमा भने कसैलाई जानकारी छैन ।

अन्य दुई अभियुक्त भने द्वन्द्वकालमै प्रहरीद्वारा मारिएका थिए । गंगामायाका पति नन्दप्रसाद अधिकारीको अनसनकैक्रममा दुई बर्षअघि मृत्यु भइसकेको छ । उनको अहिलेसम्म सत्गद भएको छैन । उनको लास पोष्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै छ ।

सरकारका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले कानुनको सासनमा कोही ठूलो नहुने बताउँदै यसको पालना गराउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । ‘कानुनको शासन पालना गराउने महान्यायाधिवक्ताको दायित्व हो । यसमा म इमान्दारितापूर्वक भूमिका निभाउने छु,’ श्रेष्ठले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.