झोलामा औषधी बोकेर डा. गोविन्द केसी सुटुक्क रोल्पा पुगे

झोलामा औषधी बोकेर डा. गोविन्द केसी सुटुक्क रोल्पा पुगे

रोल्पा : चिकित्सा शिक्षा नीति अलपत्र पारेको र नयाँ मेडिकल कलेजको सम्बन्धन दिन लागेको भन्दै नवौं सत्यग्रहको घोषणा गरेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी रोल्पा आएका छन् ।

कसैलाई थाहै नदिएर उनी यहाँ आएका हुन । झोलामा औषधी बोकेर सार्वजनिक बसमा आएका डा. केसीले बुधबार बिहानदेखि सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर विरामीको उपचार थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. मिलन बज्राचार्यका अनुसार डा. केसी विहान १०ः३० बजे पुगेका थिए । स्वास्थ्य केन्द्र पुग्नु भन्दा दुई घण्टा अघिमात्र डा. केसीले इन्चार्जलाई जानकारी दिएका थिए । ‘तपाईको स्वास्थ्य केन्द्रमा म आउदैछु भनेर विहान मात्र फोन गर्नु भयो ।’, इन्चार्ज डा. बज्राचार्यले भने, ‘फोन गरेको दुई घण्टापछि उहाँ टुप्लुक्क आइपुग्नु भयो ।’

मंगलबार बिहान काठमाडौंबाट हिडेका उनी वेलुका सदरमुकाम लिबाङ आएका थिए । भट्ट होटेलमा खाना खाएर उनी रोल्पा गेष्ट हावसमा सुतेका थिए । सहयोगी विना एक्लै आएका उनी बुधबार विहानै पब्लिक बसबाट सुलिचौर हिडेका थिए । विपत्ति परेको वेलामात्र होईन दुर्गम गाउँमा पुगेर विरामीको उपचार गर्न हौसिने डा. केसी दोस्रो पटक आएका हुन । दुई वर्ष अघि उनी जिल्ला अस्पताल रेउघा आएर स्वास्थ्यकर्मीलाई हाडजोर्नी सम्बन्धि आधारभूत ज्ञानको अभिमुखिरण गरेका थिए । उसवेला पनि विरामीको उपचार गरेका थिए ।
यस पटक सदरमुकामबाट करिव २१ किलोमिटर पूर्वी सुलिचौरमा उनले उपचार थालेका छन । प्राथमिक स्वास्थ्यक केन्द्रका अनुसार डा. केसीले पहिलो दिनमै ६० भन्दा बढि विरामीको उपचार गरेका छन । वेलुका पाँच बजेसम्म ओपिडीमा उनले विरामी जाँचेका थिए । आपैm वोकेर आएको औषधी र केन्द्रको औषधि विरामीलाई वितरण गरिएको डा. बज्राचार्य वताउँछन ।
सरकारलाई असोज २ गतेसम्मको अल्टिमेम दिएका डा. केसी सुलिचौर आएको थाहा पाएपछि बजार क्षेत्रका विरामी उपचारमा गएका थिए । हाडजोर्नीका विशेषज्ञ केसी सुटुक्क आएकाले धेरै विरामी आएका छैनन । स्थानीय सामुदायिक एफएमबाट सूचना आएपछि बिहिबार धेरै विरामी आउने स्वास्थ्यकर्मी वताउँछन । संभव भएका गाउँमा खवर पैmलाईएको रेडक्रस उपशाखा सुलिचौरका सभापती गञ्ज क्षेत्रीले वताउँछन्।

‘रोल्पाली विपन्न विरामीको उपचारमा सघाउने मनसायले आएको हुँ ।’, डा. केसीले पत्रकारसँग कुरा गर्दै भने । पत्रकारका बीच उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले पनि आफ्नो मागको सम्बोधन गर्न तत्परता नदेखाएको वताए । सरकारले हिजो गरेको निर्णय अलमल्याउने खालको भएको उनले टिप्पणी गरे । आठौं अनसन टोड्दा गरिएको ४ वुँदेको स्पिरिटमा सरकार गम्भिर नभएको जिकिर गर्दै डा केसीले भने, ‘प्रचण्डले पनि मिठो कुरा गर्ने अनि भित्रभित्र चालबाजी खेल्ने गरेको देखिन्छ ।’

सरकारले गम्भिरता नदेखाएकाले संविधान जारी भएकै दिन असोज ३ गतेबाट सत्याग्रह गर्न यहाँबाट उनी बिहिबार वेलुका नै काठमाडौं फर्कने वताए । डा केसीले भने, ‘दुई दिन भएपनि सेवा दिन आएको हुँ ।’




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.